पाकिस्तानी सेनाको चेकपोष्टमा आक्रमण, दुई सैनिक मारिए | Khabarhub Khabarhub

पाकिस्तानी सेनाको चेकपोष्टमा आक्रमण, दुई सैनिक मारिए


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा सेनाको एउटा चेकपोस्टमा भएको आक्रमणमा दुई सैनिक र पाँच सशस्त्र विद्रोहीहरूको मृत्यु भएको सेनाले जनाएको छ ।

सशस्त्र विद्रोहीहरूले प्रान्तको किला अब्दुल्ला जिल्लाको गुलिस्तान क्षेत्रमा रहेको सुरक्षा बलको चौकीलाई निशाना बनाएको सैन्य सञ्चार शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर)ले एक विज्ञप्तिमार्फत जनाएको छ ।

आत्मघाती आक्रमणकारीहरू सहित सशस्त्र विद्रोहीहरूको एक समूहले चेकपोस्टमा प्रवेश गर्ने प्रयास गरेको आईएसपीआरले विज्ञप्तिमा उल्लेख गरेको छ । सशस्त्र विद्रोहीहरूले विस्फोटक पदार्थले भरिएको गाडी पोस्टको पर्खालमा ठोकेका थिए ।

यस क्षेत्रमा अन्य सशस्त्र विद्रोहीहरूको उपस्थिति समाप्त गर्न सेनाको अपरेशन चलिरहेको छ ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ८ : ५४ बजे

वेस्ट इन्डिजलाई नेपालले दियो १४९ रनको लक्ष्य

काठमाडौं – वेस्ट इन्डिजविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले

मनसुनी वायुको प्रभाव कायमै, दसैंको दिन कस्तो रहला मौसम ?

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले यस वर्षको दसैँका

कप्तान रोहित पनि आउट, ४ विकेट गुमाएको नेपाल दबाबमा

काठमाडौं – वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टी–२० आई सिरिजको पहिलो खेलमा

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असोज २६ गते बस्ने

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज २६ मा

वेस्ट इन्डिजविरुद्ध नेपालको मध्यम सुरुवात, ‘पावर प्ले’मा बनायो ३४ रन

काठमाडौं – वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टी–२० आई सिरिजको पहिलो खेलमा