‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक पौडेलको नयाँ फिल्म ‘कोशेढुंगा’को छायांकन सुरु « Khabarhub

‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक पौडेलको नयाँ फिल्म ‘कोशेढुंगा’को छायांकन सुरु


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली फिल्म इतिहासकै सबैभन्दा बढी कमाइ गर्ने ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेल अर्को फिल्म ‘कोसेढुङ्गा’को छायाङ्कनका लागि निस्किएका छन् ।

च्यासलस्थित फिल्मको सेटमा शुभमुहूर्त गरी पौडेलले छायाङ्कन बुधबारबाट सुरु गरेका हुन् । शुभमुहूर्त कार्यक्रममा निर्देशक, कलाकार र प्राविधिकहरुले फिल्मको स्क्रिप्टसहित क्यामेराको पूजा गरे थिए ।

पहिलो चरणको छायाङ्कन एक साता काठमाडौंमा र दोस्रो चरणको छायाङ्कन स्याङ्जामा हुने निर्माण पक्षले बताएको छ ।

निर्देशक पौडेलका अनुसार यो एक नारी प्रधान फिल्म हो । सोहीकारण फिल्मको केन्द्रीय पात्र सुरक्षा पन्त हुन् ।

फिल्ममा आर्यन सिक्देल, सरोज खनाल, विशाल पहाडी, शेखर चापागाईं, सिरु विष्ट, उद्वव सापकोटलगायत कलाकारको पनि अभिनय रहने बताइएको छ।

नरदेवी फिल्मसको प्रस्तुति रहेको यस फिल्मका निर्माता प्रेविल कँडेल र किशोर अनुराग हुन् ।

निर्माण पक्षका अनुसार यो चलचित्र वि.सं २०८२ मै प्रदर्शनमा आउनेछ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ९ : १७ बजे

भारतीय समकक्षी जयशंकरद्वारा खनाललाई बधाई, सहकार्य सुदृढ बनाउने अपेक्षा

काठमाडौं– भारतका विदेशमन्त्री एस. जयशंकरले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई

नवनियुक्त प्रधानमन्त्री शाहलाई अमेरिकाको बधाई

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई संयुक्त राज्य अमेरिकाले बधाई दिएको

वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्दै महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्ने

मुस्ताङ एयरको सम्पर्कविहीन हेलिकप्टर सकुशल अवतरण

काठमाडौं- दोलखाको लाप्चा क्षेत्रबाट शुक्रबार सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टर

श्रममन्त्रीको पहिलो निर्णय- नेपालमै रोजगारी सिर्जना गरेर युवालाई पलायन रोक्छु 

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले नेपालमा नै