‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक पौडेलको नयाँ फिल्म ‘कोशेढुंगा’को छायांकन सुरु « Khabarhub

‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक पौडेलको नयाँ फिल्म ‘कोशेढुंगा’को छायांकन सुरु


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली फिल्म इतिहासकै सबैभन्दा बढी कमाइ गर्ने ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेल अर्को फिल्म ‘कोसेढुङ्गा’को छायाङ्कनका लागि निस्किएका छन् ।

च्यासलस्थित फिल्मको सेटमा शुभमुहूर्त गरी पौडेलले छायाङ्कन बुधबारबाट सुरु गरेका हुन् । शुभमुहूर्त कार्यक्रममा निर्देशक, कलाकार र प्राविधिकहरुले फिल्मको स्क्रिप्टसहित क्यामेराको पूजा गरे थिए ।

पहिलो चरणको छायाङ्कन एक साता काठमाडौंमा र दोस्रो चरणको छायाङ्कन स्याङ्जामा हुने निर्माण पक्षले बताएको छ ।

निर्देशक पौडेलका अनुसार यो एक नारी प्रधान फिल्म हो । सोहीकारण फिल्मको केन्द्रीय पात्र सुरक्षा पन्त हुन् ।

फिल्ममा आर्यन सिक्देल, सरोज खनाल, विशाल पहाडी, शेखर चापागाईं, सिरु विष्ट, उद्वव सापकोटलगायत कलाकारको पनि अभिनय रहने बताइएको छ।

नरदेवी फिल्मसको प्रस्तुति रहेको यस फिल्मका निर्माता प्रेविल कँडेल र किशोर अनुराग हुन् ।

निर्माण पक्षका अनुसार यो चलचित्र वि.सं २०८२ मै प्रदर्शनमा आउनेछ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ९ : १७ बजे

सेनाका ६ जना उपरथीको सरूवा, तीन पृतनापति पनि फेरिए

काठमाडौं– जंगी अड्डाले ६ जना उपरथीको सरुवा गरेको छ। नेपाली

बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले बैंकिङ कसुर मुद्दामा रु ३६ लाख जरिवाना र

युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार युक्रेनमा हुने आक्रमणमा मस्कोले

नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला

मोरङ– नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले