काठमाडौँका यी स्थानमा काटिँदै छ आज बिजुली « Khabarhub

काठमाडौँका यी स्थानमा काटिँदै छ आज बिजुली


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको लाजिम्पाट फिडरमा पर्ने लाजिम्पाट, पानीपोखरी र बालुवाटार क्षेत्रमा बिजुली काटिने छ ।

आज बिहान १० देखि दिउँसो १५ बजेसम्म लाइन काटिने सूचनामा उल्लेख छ । सो स्थानमा भूमिगत प्रसारण लाइनको केवल परीक्षण एवं चार्ज गर्ने प्रयोजनका लागि लाइन काटिन लागेको प्राधिकरणले जनाएको छ ।

तोकिएको कार्य समय अगावै पूरा भएमा निर्धारित अवधि अगावै बिजुली प्रवाह हुने उल्लेख गर्दै प्राधिकरणले ग्राहकमा पर्न गएको असुविधाप्रति क्षमासमेत मागेको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ६ : १५ बजे

कांग्रेसले भन्यो- र्‍याप गीत गाएकै शैलीमा सदनमा उपस्थित हुनुले प्रधानमन्त्रीको गरिमा ध्वस्त बनायो

काठमाडौ– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे संसद्मा प्रधानमन्त्री बालेन

रोष्टममा परराष्ट्रमन्त्री बोलिरहे, हर्क साम्पाङले उभिएर विरोध गरिरहे (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिका विषयमा परराष्ट्रमन्त्री शिशिर खनालले

सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

काठमाडौं– सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन

प्रधानमन्त्री शाहको विवादास्पद अभिव्यक्तिबारे परराष्ट्रमन्त्री खनालले सदनमा दिए स्पष्टीकरण

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले संसद्‌मा सम्बोधन गर्दै प्रधानमन्त्री वालेन्द्र शाहले