मुस्ताङमा पुँजीगत खर्च निराशाजनक | Khabarhub Khabarhub

मुस्ताङमा पुँजीगत खर्च निराशाजनक


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– यहाँ सञ्चालित प्रादेशिक कार्यालयहरूको चालु आर्थिक वर्षको प्रथम छ महिनाको पुँजीगत खर्च निराशाजनक देखिएको छ भने सङ्घीय कार्यालयको खर्च भने सन्तोषजनक पाइएको छ । 

जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवका निम्ति विनियोजित बजेटको अनुपातमा यहाँका प्रादेशिक कार्यालयको खर्च निराशाजनक र सङ्घीय कार्यालयतर्फको सन्तोषजनक पाइएको हो । 

सङ्घीयतर्फ साविकका कार्यालय जनशक्ति यथावत परिचालित भएकाले बजेट खर्च सन्तोजनक रहे पनि प्रादेशिकतर्फ नयाँ कार्यालय थपिएका, जनशक्ति अभाव र प्रदेश सरकारको अस्थिरतालगायत कारणले प्रादेशिक खर्च अपेक्षाअनुरूप हुन नसकेको कोष नियन्त्रक जब्बरबहादुर भण्डारीले बताए।

चालु आवका लागि सङ्घीय तथा प्रादेशिक कार्यालय र स्थानीय तहका लागि कुल तीन अर्ब ७९ करोड ८६ लाख ९० हजार बजेट विनियोजन भएकामा एक अर्ब ६६ करोड बजेट खर्च भएको उनले जानकारी दिए। 

उक्त कार्यालयका अनुसार चालु वर्षका लागि मुस्ताङका पाँच स्थानीय तहलाई ९७ करोड ३८ लाख २७ हजार वित्तीय हस्तान्तरण बजेट विनियोजन भएकामा साउनदेखि पुस महिनासम्म ४६ करोड ६५ लाख वित्तीय हस्तान्तरण भइसकेको छ । सङ्घीय कार्यालय र सङ्घीय अनुदान वित्तीय हस्तान्तरणतर्फ दुई अर्ब ९२ करोड ३९ लाख बजेट विनियोजन भएकामा समीक्षा अवधिमा एक अर्ब ४१ करोड ६१ लाख खर्च भएको छ । 

चालु आर्थिक वर्षको छ महिनामा पाँच करोड ६० लाख ३४ हजार राजस्व संकलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । सङ्घीयतर्फ रु चार करोड २८ लाख ७४ हजार तथा प्रदेशतर्फ एक करोड ३१ लाख ५९ हजार संकलन भएको हो । उक्त रकम सङ्घीयतर्फका १४ र प्रदेशका नौ वटा वटा कार्यालयले असुल गरेका हुन् । 

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ८ : ०१ बजे

त्रिवि क्रिकेट मैदानको निरीक्षणमा पुगे प्रधानमन्त्री ओली (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको

उमेर हदबारे ओली भन्छन्- फेल खाइसक्यो, मैले ७४ बाट ७० मा फर्किन मिल्दैन

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र ७० वर्षे

उपप्रधानमन्त्री सिंहले थाले १४ वर्षदेखि अल्झिएको मुआब्जाको विषयमा छलफल

काठमाडौं– काठमाडौं उपत्यकामा सडक विस्तारमा परेका घर जग्गाको मुआब्जा दिने

उपचार पाए सबैखालका ब्रेनट्युमरको सफल उपचार सम्भव छ : डा. भट्टराई

‘ब्रेनट्युमर हुँदैमा डराउनु हुँदैन । यससँग जुध्नुपर्छ । लड्नुपर्छ र

कान्तिलोकपथ सडक पूर्ण रूपमा सञ्चालन

बागमती–  हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक आजदेखि सञ्चालनमा आएको छ । मकवानपुरको