रुस-युक्रेन युद्ध अन्त्य गर्न अमेरिका र बेलायत सहमत « Khabarhub

रुस-युक्रेन युद्ध अन्त्य गर्न अमेरिका र बेलायत सहमत


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार युक्रेनमा रुसको आक्रमण अन्त्य गर्ने वार्ता धेरै अगाडि बढेको बताएका छन् । 

ह्वाइट हाउसमा बेलायती प्रधानमन्त्री केयर स्टारमरसँग भेट गरेपछि ट्रम्पले यस्तो बताएका हुन् । बेलायती प्रधानमन्त्री स्टारमरले तीन वर्ष लामो युद्ध समाप्त भएपछि युक्रेनमा दिगो शान्तिको लागि अमेरिकी नेतृत्व आवश्यक पर्ने प्रतिक्रिया दिए ।

बेलायती प्रधानमन्त्री केयर स्टारमरले भने, ‘हामी युक्रेनमा युद्ध अन्त्य गर्नमा केन्द्रित छौं । शान्ति पुनर्स्थापना गर्ने र नरसंहार रोक्ने ट्रम्पको प्रतिबद्धताको म स्वागत गर्दछु । शान्ति त्यस्तो हुन सक्दैन जसले आक्रमणकारीहरूलाई पुरस्कृत गर्छ वा इरान जस्तो शासनलाई प्रवर्द्धन गर्छ । इतिहास आक्रमणकारीको होइन, शान्ति स्थापनाकर्ताको पक्षमा हुनुपर्छ ।’

रूस र युक्रेन बीचको हिंसात्मक द्वन्द्व अन्त्य गर्ने विषयमा स्टारमरले भने, आज अमेरिकी राष्ट्रपतिसँग एउटा योजनाको बारेमा छलफल भएको छ । यसले युक्रेनलाई मद्दत गर्नेछ ।

युक्रेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा फेरि कार्यमा फर्कनबाट रोक्न योजना बनाउनेछ । बेलायत र अमेरिकाले पूर्ण शक्तिका साथ सहयोग गर्नेछन् ।

बेलायती प्रधानमन्त्री स्टारमरले आफूले अन्य युरोपेली नेताहरूसँग नजिकबाट काम गरिरहेको बताउँदै बेलायत सम्झौतालाई समर्थन गर्न जमिनमा सेना र हावामा विमानहरू राख्न तयार रहेको स्पष्ट गरेका छन् ।

उनले बेलायतले सहयोगीहरूसँग नजिकबाट काम गरिरहेको बताउँदै युक्रेनलाई सहयोग गर्न बेलायत पूर्ण रूपमा संलग्न रहेको बताए । उनले यस वर्ष, युक्रेनलाई पहिलेभन्दा धेरै सैन्य सहयोग दिने पनि जानकारी दिए । 

ट्रम्पले युक्रेन युद्धमा मृत्युको चक्र अन्त्य गर्ने प्रक्रिया सुरु गर्न आफूले राष्ट्रपति पुटिन र राष्ट्रपति जेलेन्स्कीसँग नियमित रूपमा कुरा गरेको बताए ।

ट्रम्पले भने, ‘हामी तपाईंलाई के हुन्छ भनेर बताउनेछौँ । यो या त धेरै चाँडै हुनेछ, या त पटक्कै हुनेछैन । राष्ट्रपति जेलेन्स्कीले भोलि ह्वाइट हाउसको भ्रमण गर्दा शान्तितर्फको प्रगति जारी रहनेछ । ऊ भोलि बिहान यहाँ हुनेछ ‘ु

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  १० : ४४ बजे

‘जलवायु परिवर्तनबाट पीडित मात्रै होइन, नेपालले अब नेतृत्व नै लिनुपर्छ’

काठमाडौं- पछिल्ला केही महिनायता नेपालले एकपछि अर्को विपद्को सामना गरिरहेको

सरकारले अब सबै सुकुम्बासीलाई लालपूर्जा दिन्छ, आश्वासन होइन : मन्त्री रावल

झापा – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

कोरला नाका हुँदै तीन हजार ७२५ मेट्रिकटन चिनियाँ फलफूल आयात

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाका हुँदै आइतबारसम्म तीन हजार

सुनकोशी–मरिण आयोजनाको ठेक्का प्रक्रिया तत्काल अघि बढाउन प्रधानमन्त्री कार्यालयको निर्देशन

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय राष्ट्रिय

राष्ट्रियसभा अध्यक्षसँग स्वीस नेसनल काउन्सिलका अध्यक्षको शिष्टाचार भेट

काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपाल भ्रमणमा रहेका स्वीट्जरल्याण्डको