सिन्धुपाल्चोक भूकम्प – कुन ठाउँमा कति क्षति भयो ? « Khabarhub

सिन्धुपाल्चोक भूकम्प – कुन ठाउँमा कति क्षति भयो ?


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


810
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शुक्रबार बिहान २ बजेर ५१ मिनेटमा गएको भूकम्पले सिन्धुपाल्चोकका विभिन्न ठाउँमा क्षति भएको छ । अन्य जिल्लामा भने भौतिक क्षति नभएको सुरक्षा निकायले जानकारी दिएका छन् ।

सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीका अनुसार जिल्लाका विभिन्न क्षेत्रका भौतिक संरचनामा क्षति पुगेको छ ।

६.१ म्याग्निच्युडको यो भूकम्प सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-३ भैरवकुण्डलाई केन्द्रबिन्दु बनाएर गएको हो ।

भूकम्पका क्रममा आत्तिएर भाग्दा चौतारास्थित सिन्धुपाल्चोक कारागारमा रहेका भोटेकोशी गाउँपालिका–५ निवासी ३३ वर्षीय स्याङ्बो तामाङ लडेर घाइते भएका छन् ।

सहायक प्रजिअ नेपालीका अनुसार तामाङको चौतारा अस्पतालमा उपचार भइरहेको छ । घाइते तामाङको स्वास्थ्य अवस्था सामान्य रहेको नेपालीले बताए ।

घाइते र क्षतिको विवरण

  • सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-५ चौतारास्थित जिल्ला कारागारमा रहेका कैदीबन्दी भोटेकोशी गाउँपालिका-५ बस्ने ३३ वर्षीय स्याङबो तामाङ डबलटेकर खाटबाट भाग्ने क्रममा लडेर हात मर्किएकाले उपचारका लागि जिल्ला अस्पताल चौतारामा भर्ना गरिएको छ ।
  • सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका वडा नं. २ इलाका प्रहरी कार्यालय कोदारीको १ तल्ले जस्ताको छानो भएको ब्यारेकको पछाडि उत्तरतर्फ झ्यालमाथिको पर्खालमा करिब ८ फिट लामो भित्ताको भाग चर्किएको छ ।
  • सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका वडा ३ तुसारेस्थित भीरमा सुख्खा पहिरो गएको छ । उक्त स्थानमा मानव बस्ती नभएकाले कुनै किसिमको क्षति नभएको छ । उक्त स्थानमा इलाका प्रहरी कार्यालय कोदारीबाट प्रहरी निरीक्षक सञ्जिता श्रेष्ठको कमाण्डमा ५ जनाको टोली खटिएको छ । उक्त स्थान सशस्त्र प्रहरी बल नेपाल बीओपी तातोपानीबाट करिब १३ किलोमिटर पश्चिम-दक्षिणमा अवस्थित छ।
  • सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-११ कटुन्जे बस्ने ४३ वर्षीय रुपेश तामाङ भूकम्प आएपछि घरबाट निस्कने क्रममा चिप्लेर लडेका छन् । उनको टाउकोमा चोट लागी घाइते भई उपचारको लागि आफन्तले मेलम्ची नगर अस्पतालमा भर्ना गराएका छन् ।
  • सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका-४ तमखुबारी बस्ने सुमन गौतमको ढुङ्गामाटोले बनेको, जस्ताले छाएको, २ तले कच्ची घर भूकम्पका कारण करिब १०/१२ फिट भित्ता भाग चर्किएको छ । उक्त घरमा बस्न नमिल्ने भई नजिकै बुवा पदमबहादुर खत्रीको घरमा परिवार सरेका छन् । उक्त घरमा श्रीमती र २ वर्षीय छोरासहित ३ जना बस्दै आएका थिए ।
  • धादिङको गजुरी गाउँपालिका-१ स्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान आकाश रेग्मी भाग्ने क्रममा ब्यारेक कोठाको भित्तामा ठोकिँदा नाकको हड्डी चर्किएको छ । भाग्ने क्रममा अगाडिका एउटा दाँत भाँच्चिएको छ । घाइते रेग्मीको अहिले गजुरी अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  १२ : १७ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन