सिन्धुपाल्चोक भूकम्प – कुन ठाउँमा कति क्षति भयो ? « Khabarhub

सिन्धुपाल्चोक भूकम्प – कुन ठाउँमा कति क्षति भयो ?


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


810
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शुक्रबार बिहान २ बजेर ५१ मिनेटमा गएको भूकम्पले सिन्धुपाल्चोकका विभिन्न ठाउँमा क्षति भएको छ । अन्य जिल्लामा भने भौतिक क्षति नभएको सुरक्षा निकायले जानकारी दिएका छन् ।

सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीका अनुसार जिल्लाका विभिन्न क्षेत्रका भौतिक संरचनामा क्षति पुगेको छ ।

६.१ म्याग्निच्युडको यो भूकम्प सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-३ भैरवकुण्डलाई केन्द्रबिन्दु बनाएर गएको हो ।

भूकम्पका क्रममा आत्तिएर भाग्दा चौतारास्थित सिन्धुपाल्चोक कारागारमा रहेका भोटेकोशी गाउँपालिका–५ निवासी ३३ वर्षीय स्याङ्बो तामाङ लडेर घाइते भएका छन् ।

सहायक प्रजिअ नेपालीका अनुसार तामाङको चौतारा अस्पतालमा उपचार भइरहेको छ । घाइते तामाङको स्वास्थ्य अवस्था सामान्य रहेको नेपालीले बताए ।

घाइते र क्षतिको विवरण

  • सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-५ चौतारास्थित जिल्ला कारागारमा रहेका कैदीबन्दी भोटेकोशी गाउँपालिका-५ बस्ने ३३ वर्षीय स्याङबो तामाङ डबलटेकर खाटबाट भाग्ने क्रममा लडेर हात मर्किएकाले उपचारका लागि जिल्ला अस्पताल चौतारामा भर्ना गरिएको छ ।
  • सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका वडा नं. २ इलाका प्रहरी कार्यालय कोदारीको १ तल्ले जस्ताको छानो भएको ब्यारेकको पछाडि उत्तरतर्फ झ्यालमाथिको पर्खालमा करिब ८ फिट लामो भित्ताको भाग चर्किएको छ ।
  • सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका वडा ३ तुसारेस्थित भीरमा सुख्खा पहिरो गएको छ । उक्त स्थानमा मानव बस्ती नभएकाले कुनै किसिमको क्षति नभएको छ । उक्त स्थानमा इलाका प्रहरी कार्यालय कोदारीबाट प्रहरी निरीक्षक सञ्जिता श्रेष्ठको कमाण्डमा ५ जनाको टोली खटिएको छ । उक्त स्थान सशस्त्र प्रहरी बल नेपाल बीओपी तातोपानीबाट करिब १३ किलोमिटर पश्चिम-दक्षिणमा अवस्थित छ।
  • सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-११ कटुन्जे बस्ने ४३ वर्षीय रुपेश तामाङ भूकम्प आएपछि घरबाट निस्कने क्रममा चिप्लेर लडेका छन् । उनको टाउकोमा चोट लागी घाइते भई उपचारको लागि आफन्तले मेलम्ची नगर अस्पतालमा भर्ना गराएका छन् ।
  • सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका-४ तमखुबारी बस्ने सुमन गौतमको ढुङ्गामाटोले बनेको, जस्ताले छाएको, २ तले कच्ची घर भूकम्पका कारण करिब १०/१२ फिट भित्ता भाग चर्किएको छ । उक्त घरमा बस्न नमिल्ने भई नजिकै बुवा पदमबहादुर खत्रीको घरमा परिवार सरेका छन् । उक्त घरमा श्रीमती र २ वर्षीय छोरासहित ३ जना बस्दै आएका थिए ।
  • धादिङको गजुरी गाउँपालिका-१ स्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान आकाश रेग्मी भाग्ने क्रममा ब्यारेक कोठाको भित्तामा ठोकिँदा नाकको हड्डी चर्किएको छ । भाग्ने क्रममा अगाडिका एउटा दाँत भाँच्चिएको छ । घाइते रेग्मीको अहिले गजुरी अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  १२ : १७ बजे

कृषि प्रधान देशमा अर्बौँका कृषि उपज आयात

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको प्रथम चार महिनामा

बेनी–जोमसोम–कोरला सडक : म्याग्दी खण्ड स्तरोन्नति

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दी खण्डमा १९ वर्षपछि कालोपत्र भएको छ

निर्वाचन हुँदैन भन्ने भ्रम नछर्न गृहमन्त्रीको आग्रह

धनगढी – गृहमन्त्री ओमप्रकाश अर्यालले केही थान हतियार र फरार कैदीबन्दी

महेश बस्नेतप्रति शिक्षामन्त्रीको टिप्पणी- ‘यो भाइ आफूले नेपाललाई स्वर्ग बनाएजस्तो कुरा गर्छ’

काठमाडौं – महेश बस्नेतले ऊर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर

सडक खाल्डाखुल्डीरहित बनाउन विशेष अभियान (तस्बिरहरू)

काठमाडौं– सडक डिभिजन कार्यालय काठमाडौंले सहरी क्षेत्रका सडक खाल्डाखुल्डीरहित (पोटहोल