पहिल्यै सोधिएको थियो– ‘फेरि रेशम फिलिली‘ले भुइँचालो त ल्याउँदैन ? « Khabarhub

पहिल्यै सोधिएको थियो– ‘फेरि रेशम फिलिली‘ले भुइँचालो त ल्याउँदैन ?


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत माघमा ‘फेरि रेशम फिलिली’को गीत ‘फेरि जालमा’ सार्वजनिक समारोह आयोजना भएको थियो । उक्त गीत सार्वजनिक कार्यक्रममा भूकम्पको चर्चा भएको थियो ।

कारण– यस फिल्मको पहिलो श्रृङ्खला ‘रेशम फिलिली’ प्रदर्शनमा आएको भोलिपल्ट नेपालमा महाभूकम्प गएको थियो । यो वि.सं २०७२ वैशाखको कुरा हो । उक्त महाभूकम्पले यस फिल्मको व्यापारमा पनि प्रभाव पारेको थियो ।

त्यहीकारण ‘रेशम फिलिली’को कुरा हुँदा भूकम्प पनि जोडिएर आउँछ । फिल्मीवृत्तमा ‘रेशम फिलिली’ले भूकम्प ल्याउँछ भन्ने ठट्यौली चर्चित छ ।

‘फेरि रेशम फिलिली’ कुरा हुँदा फिल्मीवृतमा अधिकांशले भन्ने गर्थे, ‘फेरि भूकम्प आउने हो कि ?’

यस फिल्मको गीत सार्वजनिक कार्यक्रममा पनि त्यही भयो । फिल्मका नायक विनय श्रेष्ठलाई सोधिएको थियो, ‘फेरि यो फिल्मले भूकम्प त ल्याउदैन ?’ विनयको जवाफ थियो, ‘नो कमेन्ट’ ।

भूकम्पको प्राकृतिक विपत्ति हो । यसको आफ्नै समय छ । जुन पत्ता लगाउने विषय वैज्ञानिकहरूका लागि पनि चुनौतीको विषय छ । कुनै फिल्म प्रदर्शनमा आउँदा भूकम्प जाने भन्ने हुँदैन ।

तर, संयोग भने कुनै बेला रोचक पर्न जान्छ । रेमश फिलिलीको हकमा भूकम्पको संयोग पर्ने गरेको छ ।

पहिलो श्रृङ्खलका प्रदर्शनमा आएको भोलिपल्ट ७ दशमलव ९ म्याग्निच्युटको महाभूकम्प गयो । अहिले दोस्रो श्रृङ्खला प्रदर्शनमा आएको पर्सिपल्ट ६ दशमलव १ म्याग्निच्युट भूकम्प गयो ।

आज बिहान अर्थात् शुक्रबार गएको भूकम्पलाई फिल्मसँग जोडेर सामाजिक सञ्जालमा रमाइला टिप्पणी सुरु भएका छन् । केही कलाकारले समेत यो संयोगलाई लिएर प्रतिक्रिया दिएका छन् ।

कलाकार केदार घिमिरे ‘माग्ने बूढा’ले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रेमश फिलिली र भुँइचालोको के सम्बन्ध हो ? पहिलो पनि वैशाख ११ गते फिल्म चल्यो १२ गते हल्लाएको थियो त ।’

भूकम्पबारे फिल्मका कलाकारसमेत रहेका मेक्सम गौडेलले लेखेका छन्, ‘यो फिलिली भन्ने फिल्मको कलब्याक हो रे !’

सामाजिक सञ्जाल प्रयोगकर्ताले समेत भूकम्प र फिल्मको संयोगलाई लिएर रोचक टिप्पणी गरिरहेका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  १ : २२ बजे

एमालेले ‘षडयन्त्र’ भनेको जेन-जी आन्दोलनलाई कांग्रेसले दियो ‘विद्रोह’को मान्यता

काठमाडौं– तत्कालीन सरकारको नेतृत्व गरेको नेकपा (एमाले)ले जेनजी पुस्ताका युवाहरूले

कांग्रेसको विशेष महाधिवेशन कार्यविधि पारित : के छ कार्यविधिमा ?

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनको बन्दसत्रले

संविधानका थुप्रै कुरा बदल्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधानका थुप्रै कुरा बदल्नुपर्ने

यो कांग्रेसभित्र गुटको किल्ला भत्काउने अभियान हो : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशन पार्टीको गुटभित्रको

इरान तनाव चर्किँदै, मृतकको सङ्ख्या ५४४ पुग्यो

दुबई– इरानमा जारी सरकारविरोधी प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सङ्ख्या कम्तीमा