नेपाल इकोनोमिक्स ओलम्पियाडको छैटौँ संस्करण सुरू  « Khabarhub

नेपाल इकोनोमिक्स ओलम्पियाडको छैटौँ संस्करण सुरू 


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल इकोनोमिक्स ओलम्पियाडको छैटौँ संस्करण आजबाट सुरु भएको छ । जसमा देशभरका १०० विद्यार्थीले प्रतिस्पर्धाका लागि स्थान सुरक्षित गरेका छन् । 

टाइटल स्पोन्सर सबिता ग्रुप होल्डिङ रहेको यो प्रतियोगिता फागुन १६ (आज) देखि १८ गतेसम्म काठमाडौंमा सञ्चालन हुनेछ । प्रतिस्पर्धीहरूले अर्थशास्त्र, वित्तीय साक्षरता र व्यावसायिक चिन्तनलगायतका क्षेत्रमा आफ्नो दक्षता प्रमाणित गर्नेछन् ।

यस वर्षको ओलम्पियाडका लागि प्रारम्भिक चरणमा कुल १,७२४ विद्यार्थीले आवेदन दिएका थिए । सातै प्रदेशका १८५ विद्यालय तथा कलेजका विद्यार्थीले क्षेत्रीय छनोटमा भाग लिएपछि उत्कृष्ट १०० प्रतिस्पर्धी राष्ट्रिय चरणका लागि छनोट भएका हुन् । अब उनीहरूले तार्किक सोच, वित्तीय विश्लेषण र जटिल आर्थिक समस्याहरू समाधान गर्ने क्षमतामा परीक्षा दिनुपर्नेछ ।

राष्ट्रिय चरणमा उत्कृष्ट ठहरिएका पाँच विद्यार्थीले आगामी जुलाईमा अजरबैजानको बाकुमा आयोजना हुने अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा नेपालको प्रतिनिधित्व गर्नेछन् । त्यसैगरी, अन्य पाँच प्रतिस्पर्धीले अस्ट्रेलियन इकोनोमिक्स ओलम्पियाडमा सहभागी हुने अवसर पाउनेछन् ।

प्रतियोगितामा बिजनेस केस एनालिसिस, वित्तीय साक्षरता सत्र, आर्थिक समस्यासँग सम्बन्धित तार्किक परीक्षण र सिमुलेशन गेमहरू समावेश गरिनेछन् । नेपालका अनुभवी अर्थशास्त्री, वित्तीय विज्ञ तथा शैक्षिक प्रशिक्षकहरूले प्रशिक्षण सत्र सञ्चालन गर्ने योजना गरिएको छ ।

नेपाल इकोनोमिक्स ओलम्पियाडका निर्देशक दीपक भण्डारीले यस प्रतियोगिताले नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्ने क्षमतावान् बनाउने उल्लेख गरे ।  

यस वर्षका उत्कृष्ट विद्यार्थीहरूले अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाड र अस्ट्रेलासियन इकोनोमिक्स ओलम्पियाड सँगै विश्व इकोनोमिक्स कप, अन्तर्राष्ट्रिय बिजनेस ओलम्पियाड र इकोनोमिक्स एसिया कन्भेन्सन जस्ता प्रतिष्ठित प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन् ।

नेपाल इकोनोमिक्स ओलम्पियाडले केवल प्रतिस्पर्धा नभएर ज्ञान, सोच, नवाचार र व्यावसायिक क्षमताको परीक्षण गर्ने वातावरण सिर्जना गर्ने लक्ष्य राखेको छ । यो ओलम्पियाड नेपाली विद्यार्थीहरूलाई वित्तीय साक्षरता, आर्थिक निर्णय क्षमतामा दक्ष बनाउँदै, अन्तर्राष्ट्रिय स्तरमा चुनौती सामना गर्न तयार पार्ने एक महत्त्वपूर्ण मञ्च बन्दै गएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  १ : १९ बजे

अमेरिका स्थापनाको २५० वर्ष : देशैभर उत्सव, ट्रम्पले गरे साम्यवादको कडा आलोचना

वासिङ्टन – संयुक्त राज्य अमेरिकाले आफ्नो स्थापनाको २५० औँ वर्षगाँठ

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा-बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम– मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग निर्माणले

वैदेशिक रोजगारीबाट फर्किएर पेडाबाट आत्मनिर्भर

सुनसरी– वैदेशिक रोजगारीमा ११ वर्ष बिताएका बराहक्षेत्र नगरपालिका–१ चतराघाटका महेश

सरकारका सय दिने कार्यक्रमबारे कांग्रेस सभापति थापाले आज धारणा राख्ने

काठमाडौँ – सरकारको १०० दिन र १०० बुँदे कार्यक्रमका बारेमा

डोल्पाको जगदुल्लामा राति सुतेका बेला पस्यो बाढी : एक महिलाको मृत्यु, ६ जना घाइते

डोल्पा- डोल्पाको जगदुल्ला गाउँपालिका–५, गैरीगाउँमा गएराति आएको हिलोसहितको बाढीमा परी