भारतीय पर्यटकको हेलिकोप्टरद्वारा उद्धार « Khabarhub

भारतीय पर्यटकको हेलिकोप्टरद्वारा उद्धार


१६ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

कर्णाली– भारी हिमपातका कारण शे—फोक्सुण्डो गाउँपालिका–८ डोल्पास्थित दानीगढमा फसेका भारतीय पर्यटकको हेलिकोप्टरद्वारा उद्धार गरिएको छ । 

आज बिहान ६ जना पर्यटकलाई हेलिकोप्टरबाट उद्धार गरेर सकुशल सदरमुकाम दुनै ल्याइएको छ । जिल्ला प्रशासन कार्यालय डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार शे-फोक्सुण्डो तालको अवलोकन यात्रा सकेर थप अपर डोल्पाको यात्रामा हिँडेका भारतीय छ पर्यटकहरु केही दिनदेखिको भारी हिमपातका कारण दानीगढमा फसेका थिए । 

फसेका पर्यटकहरुमा मोमिता हाल्डर, पियाली कोले, जाजला ट्रिभ्ड कुमार, आदित्य सिहां, डिप्लिना विश्वास र राजेश डी रहेको उनले जानकारी दिइन् । उनले उनीहरूलाई आइतबार उद्धार गर्ने प्रयास भए पनि प्राविधिक समस्याका कारण हुन नसकेको बताइन् ।
 

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  ११ : २७ बजे

एनपीएल क्रिकेट : काठमाडौँले टस जित्यो

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल)  क्रिकेट प्रतियोगिता, २०२६ अन्तर्गत कर्णाली

बिगमार्टबाट ४१५ रुपैयाँको सामान किनेका पण्डितले पाए १० लाख

काठमाडौं– आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत यही कात्तिक

पत्रकार धरपकडप्रति कांग्रेस संसदीय दलको आपत्ति, संसदीय समिति गठन गर्न माग

काठमाडौं– नेपाली कांग्रेसले पत्रकार धरपकड लगायतका सबै विवादित सरकारी गतिविधिको

दियो र हुक्कापाती बेचेर तिहार खर्च जुटाइउँदै

सप्तरी– तिहार नजिकिएसँगै जिल्लाका विभिन्न गाउँका कुमाले महिला दियो र हुक्कापाती

दुईदिन घटेको सुनको मूल्य आज बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।  नेपाल सुनचाँदी