सन्तोषको ‘बलिदान’ फूलपातीमा प्रदर्शन हुने, यस्तो छ समीरको लुक्स « Khabarhub

सन्तोषको ‘बलिदान’ फूलपातीमा प्रदर्शन हुने, यस्तो छ समीरको लुक्स


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्देशक तथा निर्माता सन्तोष सेनको महत्वकांक्षी फिल्म ‘बलिदान’को प्रदर्शन मिति आगमी दशैँको फूलपातीलाई तोकिएको छ ।

निर्माण पक्षले शुक्रबार फिल्मका नायक समीर भट्ट फिचर्ड दुई पोस्टर सार्वजनिक गरी असोज १३ गते प्रदर्शन मिति तोकिएको जानकारी दिएको हो ।

सार्वजनिक एक पोस्टरमा समीरलाई एक्सन अवतारमा देखिएका छन् । उनको शरीरभरी रगत लतपत्तिएको छ । उनले एक व्यक्तिलाई खुट्टामा समातेर घिसारेको देख्न सकिन्छ । वरपर केही लाश देख्न सकिन्छ ।

दोस्रो पोस्टरको पृष्ठभूमिमा कालीमातालाई राखिएको छ । समीरको हतातमा त्रिशूलसहितको ठूलो हतियार छ । निर्देशक सेनका अनुसार समीरको यो तस्बिर दानव प्रवृत्तिका मान्छेले बलि चढाएपछिको हो ।

प्रदर्शन मिति घोषणापछि सेनले यो फिल्म जीवनमा आफूले सबैभन्दा बढी मिहिनेत गरेको प्रोजेक्ट रहेको बताए । उनले भने, ‘यो फिल्मका लागि मैले यति धेरै बलिदान दिनुपर्छ भन्ने सोचेको थिइनँ । जीवनभर बगाएको रगत पसिनामध्ये सबैभन्दा बढी यसैमा खर्च भएको छ ।’

यस फिल्मको प्री–टिजर एक वर्षअघि सार्वजनिक भएको थियो । जसमा वि.सं. २०८० को फूलपातीलाई प्रदर्शन मिति घोषणा गरिएको थियो । प्राविधिक कारणले छायाङ्कन ढिलाइ हुँदा यो फिल्म पूर्वनिर्धारित मितिमा प्रदर्शनमा आउन सकेन ।

आगमी दशैँमा पाँचभन्दा बढी फिल्मले प्रदर्शन मिति तय गरेका छन् । सन्तोष जुनसुकै अवस्थामा दशैँमै यो फिल्म प्रदर्शन गर्ने तयारीमा देखिएका छन् ।

यस फिल्ममा समीरसहित सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मालगायतको अभिनय छ । आसुसेन फिल्मस् प्रालिको प्रस्तुतिमा बनेको फिल्मका निर्माता ब्राडफोर्ड विष्ट हुन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  १ : ५४ बजे

राष्ट्रपति भन्छन् : निर्वाचन गरेर देशलाई संकटबाट निकास दिनुपर्छ

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न निर्वाचन निर्वाधरुपमा सम्पन्न गरी अहिलेको

अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत

बर्लिन- अमेरिकी आयात शुल्कमा भएको उल्लेखनीय वृद्धि कारण जर्मनीको अर्थतन्त्रमा

ओलीलाई पाण्डेले भने- अनावश्यक बखेडा गर्नुस्, नेतृत्व फेरिनै पर्छ

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा दुई कार्यकालको विषयलाई

एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक

काठमाडौं– नेपालका पारा टेबलटेनिस खेलाडी स्वीकृत न्यौपानेले युनाइटेड अरब इमिरेट्स (युएई)

गिग अर्थव्यवस्था : नेपाली अर्थतन्त्रको नयाँ बाटो

नेपालको अर्थतन्त्रलाई नियाल्ने हो भने औपचारिक अर्थतन्त्रमाथि अनौपचारिक अर्थतन्त्र परम्परागत