च्याम्पियन्स ट्रफी : अस्ट्रेलियाविरुद्ध अफगानिस्तानले टस जित्यो, पहिला ब्याटिंग गर्ने « Khabarhub

च्याम्पियन्स ट्रफी : अस्ट्रेलियाविरुद्ध अफगानिस्तानले टस जित्यो, पहिला ब्याटिंग गर्ने


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जारी आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज अफगानिस्तान र अस्ट्रेलियाबीच खेल हुँदैछ ।

पाकिस्तानको लाहोरमा हुने यो खेलमा अफगानिस्तानले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । अफगानिस्तानका कपान हशमतुल्लाह शाहिदीले टस जिते पहिला ब्याटिंग गर्ने निर्णय गरेका हुन् । योसँगै यस खेलमा अस्ट्रेलियाले पहिला बलिङ गर्ने भएको छ ।      

प्रतियोगितामा अस्ट्रेलियाको २ खेलमा ३ अंक रहेकाले सेमिफाइनलमा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ । अस्ट्रेलियाले इङल्याण्डविरुद्धको खेल जितेको थियो भने दक्षिण अफ्रिकाविरुद्धको खेल बर्षाले रुद्ध हुदा अंक बाँडेको थियो ।

यस खेलमा हारले अस्ट्रेलियाको सेमिफाइनलको दौड समाप्त हुने छ भने बर्षाले खेल हुन नसकेमा अन्य खेलको नतिजामा भर पर्नुपर्ने छन् । जितले भने अस्ट्रेलियालाई सेमिफाइनलमा पुर्‍याउने छ ।

त्यसैगरी अफगानिस्तानले पहिलो खेलमा दक्षिण अफ्रीकासँग हार बेहोरे पनि दोस्रो खेलमा इङल्याण्डलाई पराजित गरेर प्रतियोगितामा कमब्याक गरेको थियो ।

अफगानिस्तानले सेमिफाइनलमा स्थान बनाउन यो खेल जित्नै पर्ने अवस्था रहेको छ । बर्षाले खेल रुद्ध भएमा वा हार बेहोरेमा अफगानिस्तान च्याम्पियन्स ट्रफीबाट बाहिरिने छ ।

अस्ट्रेलिया र अफगानिस्तानबीच हेड टू हेडको कुरा गर्दा दुवै देशबीच अहिलेसम्म केवल ४ एकदिवसीय खेल भएका छन् । जसमा सबै खेल अस्ट्रेलियाले जितेको छ ।  

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  २ : ४२ बजे

काभ्रेमा मतदाता नामावलीबाट २ हजार ६०२ जनाको नाम हटाइयो

बनेपा – काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका २

मध्यावधि चुनावअघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३