पराजुलीको अध्यक्षतामा साइबर सेक्युरिटी रिसर्चको नयाँ कार्यसमिति चयन  | Khabarhub Khabarhub

पराजुलीको अध्यक्षतामा साइबर सेक्युरिटी रिसर्चको नयाँ कार्यसमिति चयन 


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साइबर सुरक्षा क्षेत्रमा अनुसन्धानमा काम गर्ने संस्था साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन नेपाल (सीएसआरआई)मा नयाँ कार्यसमिति चुनिएको छ । 

संस्थाको तेस्रो अधिवेशनले डा. शालिग्राम पराजुलीको अध्यक्षतामा नयाँ सदस्यीय कार्यसमिति चयन भएको छ । पराजुली सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका आईटी विज्ञको रूपमासमेत छन् ।
 
वरिष्ठ उपाध्यक्षमा प्राध्यापक गजेन्द्र शर्मा, उपाध्यक्षहरूमा विजय कुमार रोय, राजकुमार महर्जन र डा. अमृता शर्मा रहेका छन् ।

त्यस्तै, महासचिवमा डा. भोजराज घिमिरे चुनिएका छन् भने सचिवहरूमा सरला कार्की, आभास अधिकारी, गंगा भण्डारी र तेजप्रसाद धमला चुनिएका छन् । 

संस्थाको कोषाध्यक्षको जिम्मेवारी कमला अधिकारी अर्याल आएकी छिन् भने सदस्यहरूमा रिता पोखरेल, जयन्ती माला चापागाईँ, डा. शान्तिकला सुवेदी र ओमकार बस्नेत चुनिएका छन् । 

दुई दशकभन्दा लामो समयदेखि नेपालको सूचना प्रविधि क्षेत्रमा काम गर्दै आएकी पराजुलीले साइबर सुरक्षा क्षेत्रमा नेपाललाई सशक्त बनाउने बताए ।

पराजुलीले शैक्षिक संस्थाहरू, उद्योग क्षेत्र तथा सरकारी निकायहरूसँग सहकार्य गर्दै साइबर सुरक्षा सम्बन्धी अनुसन्धान, नीति निर्माण तथा जनचेतना अभिवृद्धि गर्ने योजना प्रस्तुत गरे ।

सन् २०१८ मा स्थापना भएको सीएसआरआई नेपालले नेपालमा साइबर सुरक्षा क्षेत्रको अनुसन्धान तथा नवप्रवर्तनका लागि विभिन्न कार्य गर्दै आएको संस्थाले जानकारी दिएको छ । 

संस्थाले अनुसन्धान केन्द्रको स्थापनाका पहलदेखि नीति निर्माणका लागि परामर्श, साइबर सुरक्षासम्बन्धी जनचेतना कार्यक्रम तथा प्रविधि नवप्रवर्तनलाई प्राथमिकता दिँदै आइएको बताएको छ । 

संस्थाले अनुसन्धानलाई व्यवहारिक प्रयोगसँग जोडेर संस्थाले साइबर सुरक्षाका चुनौतीहरू समाधान गर्न, डेटा सुरक्षा प्रवद्र्धन गर्न र सुरक्षित डिजिटल वातावरण निर्माणमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ३ : २९ बजे

पोखरा उच्च बारमा ४ संगठनको सहमति, अध्यक्षमा शालिग्राम भट्टराईको एकल उम्मेदवारी 

पोखरा – पोखरा उच्च अदालत बार एसोसिएसनमा सहमतिबाट नेतृत्व चयन

सिफलमा यस्तो देखियो राजावादीको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– राजसंस्था र हिन्दू राज्य पुनर्स्थापनाको मागसहित आन्दोलनरत राजावादीहरूले आज

गाजामा इजरायली आक्रमण हुँदा १५ जनाको मृत्यु

एजेन्सी– इजरायली सेनाले मंगलबार गाजाको दक्षिणको सहायता केन्द्र नजिकै गरेको

नागरिक उन्मुक्ति पार्टी बाँकेका अध्यक्ष चन्तराम थारू कांग्रेस प्रवेश

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिक उन्मुक्ति पार्टी बाँकेका

प्रतिपक्षीलाई महेश बर्तौलाको आग्रह– संसदमा गृहमन्त्रीलाई जवाफ दिने वातावरण बनाउनुस्

काठमाडौं– भिजिट भिसा प्रकरणमा विवादित गृहमन्त्री रमेश लेखकलाई संसदमा जवाफ