पराजुलीको अध्यक्षतामा साइबर सेक्युरिटी रिसर्चको नयाँ कार्यसमिति चयन  « Khabarhub

पराजुलीको अध्यक्षतामा साइबर सेक्युरिटी रिसर्चको नयाँ कार्यसमिति चयन 


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साइबर सुरक्षा क्षेत्रमा अनुसन्धानमा काम गर्ने संस्था साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन नेपाल (सीएसआरआई)मा नयाँ कार्यसमिति चुनिएको छ । 

संस्थाको तेस्रो अधिवेशनले डा. शालिग्राम पराजुलीको अध्यक्षतामा नयाँ सदस्यीय कार्यसमिति चयन भएको छ । पराजुली सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका आईटी विज्ञको रूपमासमेत छन् ।
 
वरिष्ठ उपाध्यक्षमा प्राध्यापक गजेन्द्र शर्मा, उपाध्यक्षहरूमा विजय कुमार रोय, राजकुमार महर्जन र डा. अमृता शर्मा रहेका छन् ।

त्यस्तै, महासचिवमा डा. भोजराज घिमिरे चुनिएका छन् भने सचिवहरूमा सरला कार्की, आभास अधिकारी, गंगा भण्डारी र तेजप्रसाद धमला चुनिएका छन् । 

संस्थाको कोषाध्यक्षको जिम्मेवारी कमला अधिकारी अर्याल आएकी छिन् भने सदस्यहरूमा रिता पोखरेल, जयन्ती माला चापागाईँ, डा. शान्तिकला सुवेदी र ओमकार बस्नेत चुनिएका छन् । 

दुई दशकभन्दा लामो समयदेखि नेपालको सूचना प्रविधि क्षेत्रमा काम गर्दै आएकी पराजुलीले साइबर सुरक्षा क्षेत्रमा नेपाललाई सशक्त बनाउने बताए ।

पराजुलीले शैक्षिक संस्थाहरू, उद्योग क्षेत्र तथा सरकारी निकायहरूसँग सहकार्य गर्दै साइबर सुरक्षा सम्बन्धी अनुसन्धान, नीति निर्माण तथा जनचेतना अभिवृद्धि गर्ने योजना प्रस्तुत गरे ।

सन् २०१८ मा स्थापना भएको सीएसआरआई नेपालले नेपालमा साइबर सुरक्षा क्षेत्रको अनुसन्धान तथा नवप्रवर्तनका लागि विभिन्न कार्य गर्दै आएको संस्थाले जानकारी दिएको छ । 

संस्थाले अनुसन्धान केन्द्रको स्थापनाका पहलदेखि नीति निर्माणका लागि परामर्श, साइबर सुरक्षासम्बन्धी जनचेतना कार्यक्रम तथा प्रविधि नवप्रवर्तनलाई प्राथमिकता दिँदै आइएको बताएको छ । 

संस्थाले अनुसन्धानलाई व्यवहारिक प्रयोगसँग जोडेर संस्थाले साइबर सुरक्षाका चुनौतीहरू समाधान गर्न, डेटा सुरक्षा प्रवद्र्धन गर्न र सुरक्षित डिजिटल वातावरण निर्माणमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ३ : २९ बजे

काभा भलिबल : नेपाल भारतसँग पराजित

काठमाडौं – राजधानीमा आजदेखि सुरु भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन

इरानसँगको जारी वार्तामा ‘केही प्रगति’ भएको अमेरिकी विदेशमन्त्रीको भनाइ

हेलसिङुवर्ग – अमेरिकी विदेशमन्त्री मार्को रुबिओले द्वन्द्व रोक्नका लागि इरानसँग

गार्डिओला युगको अन्त्य हुँदा नयाँ युगतिर म्यानचेस्टर सिटी

म्यानचेस्टर– म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिओलाले क्लब छाड्ने घोषणा गरेसँगै

‘काजी’ र ‘मितज्यू’ दुवैको कमजोर बुकिङ, अब माउथ पब्लिसिटीको भर

काठमाडौं – नेपाली फिल्महरू बक्स अफिसमा लगातर फ्लप भइरहेको अवस्थामा