‘यो सरकार देशलाई घाँडो भइसक्यो, ओलीले नर्कमा पुर्‍याउँछन्’ | Khabarhub Khabarhub

‘यो सरकार देशलाई घाँडो भइसक्यो, ओलीले नर्कमा पुर्‍याउँछन्’


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारले भूमिसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने बताएका छन् । 

जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट बौद्धिक पेशाकर्मी महासंघले शुक्रबार आयोजना गरेको ‘भूमिसम्बन्धी अध्यादेश’ विषयक अन्तरक्रियामा उनले सरकारलाई अध्यादेश फिर्ता लिन सुझाव दिएका हुन् । 

‘देशका निम्ति सरकार घाँडो भएको छ । यसबाट देशले कुनै पनि हालतमा प्रगति गर्न सक्दैन । कुनै इन्डिकेटरले पनि पोजेटिभ लक्षण देखाएको छैन । देशको निम्ति ठूलो समस्या बनेको छ,’ नेपालले भने, ‘यसले देशको समस्या समाधान गर्ने कुनै लक्षण देखाएको छैन । यो अध्यादेश पनि त्यसैको निरिन्तरतामात्रै हो । यस अर्थमा भूमिसम्बन्धी अध्यादेशलाई सरकारले फिर्ता लिनुपर्छ । र, यसको नैतिक जिम्मेवारी पनि बोक्नु पर्छ ।’  

उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग होसियार हुनसमेत सुझाव दिए । 

‘होसियार है, शेरबहादुरजी । तपाईंले खुबै विश्वास गर्नुहुन्छ । फेरि सँगै स्वर्ग जाउँला भनेर मख्ख परेर बस्नुभएको होला । नरक पुर्‍याइदेलान् है होस् गर्नुस्,’ पूर्वप्रधानमन्त्री नेपालले प्रधानमन्त्रीतर्फ कटाक्ष गर्दै भने । 
 
नेपालले कांग्रेस–एमाले मिलेर सरकार गठन गर्दा संविधान संशोधनको एजेन्डा अघि सारिए पनि प्रक्रिया अघि नबढाइएको बताए । 

‘सरकार बन्दाखेरि संविधान संशोधनको कुरा ल्यायो । संविधान संशोधन गर्नुपर्छ/पर्दैन । के–केमा गर्नुपर्छ, कुनै बहस चलाएन । यो देशको बहसको विषय बनाइएन,’ अध्यक्ष नेपालले भने, ‘अनि संविधान संशोधन गर्ने नाममा एउटा अर्को गठबन्धन ल्याइयो । अब त संशोधन होला भनेको, ०८७ मा संशोधन गर्ने कुरा फेरि सुरु भयो । ०८७ सम्म यही प्रधानमन्त्री टिक्ने हो कि, बस्ने हो कि ?’

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ४ : ०४ बजे

५२ संवैधानिक पदाधिकारीको नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

युद्धविराम प्रस्ताव नमाने गाजालाई धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ