‘यो सरकार देशलाई घाँडो भइसक्यो, ओलीले नर्कमा पुर्‍याउँछन्’ « Khabarhub

‘यो सरकार देशलाई घाँडो भइसक्यो, ओलीले नर्कमा पुर्‍याउँछन्’


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारले भूमिसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने बताएका छन् । 

जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट बौद्धिक पेशाकर्मी महासंघले शुक्रबार आयोजना गरेको ‘भूमिसम्बन्धी अध्यादेश’ विषयक अन्तरक्रियामा उनले सरकारलाई अध्यादेश फिर्ता लिन सुझाव दिएका हुन् । 

‘देशका निम्ति सरकार घाँडो भएको छ । यसबाट देशले कुनै पनि हालतमा प्रगति गर्न सक्दैन । कुनै इन्डिकेटरले पनि पोजेटिभ लक्षण देखाएको छैन । देशको निम्ति ठूलो समस्या बनेको छ,’ नेपालले भने, ‘यसले देशको समस्या समाधान गर्ने कुनै लक्षण देखाएको छैन । यो अध्यादेश पनि त्यसैको निरिन्तरतामात्रै हो । यस अर्थमा भूमिसम्बन्धी अध्यादेशलाई सरकारले फिर्ता लिनुपर्छ । र, यसको नैतिक जिम्मेवारी पनि बोक्नु पर्छ ।’  

उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग होसियार हुनसमेत सुझाव दिए । 

‘होसियार है, शेरबहादुरजी । तपाईंले खुबै विश्वास गर्नुहुन्छ । फेरि सँगै स्वर्ग जाउँला भनेर मख्ख परेर बस्नुभएको होला । नरक पुर्‍याइदेलान् है होस् गर्नुस्,’ पूर्वप्रधानमन्त्री नेपालले प्रधानमन्त्रीतर्फ कटाक्ष गर्दै भने । 
 
नेपालले कांग्रेस–एमाले मिलेर सरकार गठन गर्दा संविधान संशोधनको एजेन्डा अघि सारिए पनि प्रक्रिया अघि नबढाइएको बताए । 

‘सरकार बन्दाखेरि संविधान संशोधनको कुरा ल्यायो । संविधान संशोधन गर्नुपर्छ/पर्दैन । के–केमा गर्नुपर्छ, कुनै बहस चलाएन । यो देशको बहसको विषय बनाइएन,’ अध्यक्ष नेपालले भने, ‘अनि संविधान संशोधन गर्ने नाममा एउटा अर्को गठबन्धन ल्याइयो । अब त संशोधन होला भनेको, ०८७ मा संशोधन गर्ने कुरा फेरि सुरु भयो । ०८७ सम्म यही प्रधानमन्त्री टिक्ने हो कि, बस्ने हो कि ?’

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ४ : ०४ बजे

ढाका झुपडीमा भीषण आगलागी, हजारौँ घरबारविहीन

एजेन्सी– बङ्गलादेशको राजधानी ढाकास्थित भीडभाडपूर्ण कोरेल झुपडपट्टीमा मङ्गलबार साँझ लागेको

क्युरेक्स फर्मास्युटिकल्सको रेक्सामोल औषधि  बिक्री वितरणमा रोक 

काठमाडौं– औषधि व्यवस्था विभागले क्युरेक्स फर्मास्युटिकल्स प्रालि बनेपाले उत्पादन गरेको

सुदूरपश्चिमविरुद्ध लुम्बिनीने गुमायो पहिलो विकेट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को बिहीबारको

सुन र नगद लुटपाट गरेको आरोपमा चारजना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित

एकीकृत समाजवादी कैलालीले मानेन माधव नेपालको निर्णय, नेकपामा समाहित नहुने

धनगढी– तत्कालीन माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को कैलाली