साताका संगीत : एक महिनादेखि ट्रेन्डिङमा ‘फेरि जालमा’, उक्लदै शिवरात्रि लक्षित गीत | Khabarhub Khabarhub

साताका संगीत : एक महिनादेखि ट्रेन्डिङमा ‘फेरि जालमा’, उक्लदै शिवरात्रि लक्षित गीत


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यो साता महाशिवरात्रि पर्व परेको थियो । गत साताको अन्त्यबाट शिवरात्रि लक्षित गरी भगवान् महादेव गरिमा झल्काउने शब्दहरु प्रयोग भएका गीतहरु सार्वजनिक भए ।

ती गीतहरु केही ट्रेन्डिङमा परे । केही सार्वजनिक भए र गुमनाम बने । सबै गीत धेरै दर्शकसम्म सार्वजनिक भएको पहिलो साता नै पुग्दैनन् पनि ।

गायक तथा मोडल दुर्गेश थापाको गीत ‘बम बम भोले’ युट्युबको संगीततर्फ ट्रेन्डिङ नम्बर ६ मा परेको छ । गत शनिबार सार्वजनिक यस गीतमा दुर्गेश, सागर लम्साल ‘बले’ र हरिश निरौला ‘कक्रोच’ फिचर्ड छन् ।

यो गीतको दुर्गेशको स्वर र शब्द रहेको छ । भिडियो दुर्गेश र भिजु कार्कीको निर्देशनमा तयार भएको हो । यो गीतले अहिलेसम्म आठ लाखभन्दा बढी भ्युज पाएको छ ।

त्यस्तै, युट्युबको संगीततर्फको ट्रेन्डिङमा नम्बर १२ मा गायक चक्र बमको शिव भजन ‘हर हर महादेव’ छ । यस गीतमा गायक बम र गायिका एलिना चौहानको स्वर छ ।

यस गीत र भिडियो शिव ताण्डवको झल्को दिने किसिमको छ । यस गीतको शब्द भने लोकराज अधिकारीले लेखेका हुन् । भिडियोमा गायक बमसहित गीता ढुङ्गाना, दीपा शाह, कविता न्यौपाने र प्रिमला जैशी फिर्चड छन् ।

एक महिनादेखि ट्रेन्डिङमा ‘फेरि जालमा‘

फिल्म ‘फेरि रेशम फिलिली’को गीत ‘फेरि जाल’ सार्वजनिक भएको २८ दिन भयो । सार्वजनिक भएको केही घण्टामा नै यस गीतले ट्रेन्डिङको यात्रा तय गरेको थियो ।

अहिले ५५ लाखभन्दा बढी भ्युजका साथ यो गीत ट्रेन्डिङको ७ नम्बरमा छ ।

यो एक दशकअघि सार्वजनिक भएको गीत ‘जालमा’को रिमेक हो । गीतमा कालीप्रसाद बाँस्कोटा र सोमिया बराइलीको स्वर रहेको छ ।

गीतको भिडियोमा फिल्मका शीर्ष कलाकारहरु नायक विनय श्रेष्ठ र नायिका सुपुष्पा भट्ट छन् ।

यी गीत छन् ट्रेन्डिङमा

दुई सातामा ट्रेन्डिङको शीर्ष स्थान कब्जा गरेका काठमाडौं महानगरपालिकाका मेयर बालेन अहिले ट्रेन्डिङको तेस्रो स्थानमा छन् । एक नेपाली र्‍याप गीत र भारतीय र्‍यापर हनी सिंहको गीतले ट्रेन्डिङको शीर्ष स्थान कब्जा गरेपछि बालेन तेस्रो स्थानमा पुगेका हुन् ।

मेयर बनेपछि बालेनको गीत सार्वजनिक भएका छैनन् । फागुन १४ बाट प्रदर्शनमा आएको फिल्म ‘लाज शरणम्’का लागि बालेन दशक पूरानो गीत रिमेकका स्वर दिएका हुन् ।

सार्वजनिक भएको ३ घण्टामै यो गीत ट्रेन्डिङमा परेको थियो । सार्वजनिक भएको दुई साता बित्दा पनि यो गीतले ट्रेन्डिङ पेज छाडेको छैनन् ।

गत साता ट्रेन्डिङको दोस्रो स्थानमा रहेका गायक साज्जन राज वैद्य ट्रेन्डिङको पाँचौं स्थानमा पुगेका छन् । साज्जनको एकल स्वर रहेको गीत ’एकादेश’को भिडियोमा उनी र रक्षा थापा फिचर्ड छन् ।

यो गीतको भिडियोको निर्देशन गौरभ कुमार थापा हुन् । यो गीतले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ । अहिलेसम्म यस गीतले १५ लाखभन्दा बढी भ्युज पाएको छ ।

फिल्मका गीत

यो साता एक मात्र फिल्मको गीत सार्वजनिक भएको छ । फागुन १४ बाट प्रदर्शनमा आएको फिल्म ‘मायवी’को गीत ‘बिहानीको नौलो मौसम’ बिहीबार सार्वजनिक भएको हो ।

यस गीतमा स्वर र संगीत एसडी योगीको छ । गीतको शब्द भने राम अविरल विष्टले लेखेका हुन् । भिडियोमा फिल्मका मुख्य कलाकार पल शाह, नायिका दिपिका प्रसाईं र समीम खान फिचर्ड छन् ।

यी गायक-गायिकाको गीत सार्वजनिक

यो साता लोक गायक खेम सेन्चुरी र गायिका संगीता थापा मगरको स्वरमा नयाँ गीत ‘धेरै नरिसाउँ’ सार्वजनिक गरिएको छ ।

बिहीवार सार्वजनिक यस गीतमा रमेश परियारको शब्द र संगीत छ । गीतको भिडिओमा नायक पुष्प खड्का र नायिका सनिशा भट्टराईले नृत्य गरेका छन् । भिडियोको निर्देशक बिक्रम चौहान हुन् ।

१० करोड क्लबमा प्रवेश गर्ने दुई गीतमा स्वर दिएकी गायिका शान्तिश्री परियारको गीत यो साता पनि सार्वजनिक भएको छ ।

‘धनमाया मनमाया’ शीर्षकको गीतमा शान्तिश्री परियारले स्वर दिएकी हुन् । स्वरमा उनलाई ज्योति न्यौपानेले साथ दिएकी छन् । यस गीतको शब्द ज्योति आफैँले लेखेकी हुन् ।

भिडियोमा मोडल आयुस्मा कार्की र सुरेश कोहली फिचर्ड छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ९ : ४१ बजे

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्षमा डा. पौडेल चयन 

काठमाडौं– राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको अध्यक्षमा डा. सन्तोष पौडेललाई चयन

यो हो बदाम खाने असली पाँच तरिका

काठमाडौं– चिया पिउँदै गर्दा कुरकुर गर्ने खाने मन लागेमा बदाम

प्रधानमन्त्री ओली नारच्याङमा

म्याग्दी–  प्रधानमन्त्री केपी शर्मा ओली आज म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ

अत्तरिया–भ्यागुतेपानी सडक स्तरोन्नति गरिँदै

गोदावरी– अत्तरिया–भ्यागुतेपानीसम्म १४.५ किलोमिटर सडकखण्ड स्तरोन्नति सुरु गरिएको छ ।

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मलङ्गवा– बरहथवा नगरपालिका–१७ कटानीमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक