यी हिरोइनसँग जोडिएको थियो गोबिन्दाको नाम | Khabarhub Khabarhub

यी हिरोइनसँग जोडिएको थियो गोबिन्दाको नाम


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड नायक गोबिन्दा पछिल्लो समय वैवाहिक सम्बन्धलाई लिएर चर्चामा छन् । भारतीय सञ्चार माध्यमहरुले ६१ वर्षीय गोबिन्दा र उनकी श्रीमती सुनीता आहुजाको सम्बन्ध बिग्रिएको चर्चा गर्न थालेका छन् ।

यसबारेमा गोबिन्दा र उनकी श्रीमति दुवैले मुख खोलेका छैनन् । सोही कारण पनि यी दुईको सम्बन्धबारे विभिन्न अड्कालबाजी भइरहेको छ ।

विशेषगरी सुनीताले विगतमा दिएको अन्तर्वार्ताका क्लिपहरु भाइरल भएका छन् । जसले यिनीहरुको सम्बन्ध बिग्रिएको गसिपलाई थप बढवा दिएको छ ।

भाइरल भएको एक क्लिपमा सुनीताले भनेकी छन्, ‘उमेरमा गोबिन्दा व्यस्त थिए । उनलाई बाहिरी सम्बन्ध राख्न समय थिएन । ६० कटेपछि उनी फुर्सदमा छन् । मलाई अहिले चाहिँ बाहिरी सम्बन्धको डर छ ।’

अर्को एक क्लिपमा सुनीताले गोबिन्दा र आफू फरक–फरक घरमा बस्दै आएको बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘गोबिन्दाको मिटिङहरु हुन्छ । घर आउन ढिला हुन्छन् । त्यसैले हामी छुट्टै बस्छौं ।’

पछिल्लो समय गोबिन्दा यही कारण चर्चामा छन् । गोबिन्दाको ३७ वर्षीय वैवाहिक सम्बन्ध बिग्रनुको कारण एक मराठी नायिका रहेको बताइएको छ । ती नायिका र गोबिन्दाको उमेर अन्तर ३० वर्ष रहेको बताइएको छ ।

यो चर्चाले गोबिन्दाका पुराना प्रेम सम्बन्धको प्रसंग पनि सतहमा ल्याएको छ ।

यी नायिकासँग प्रेममा थिए गोबिन्दा

भारतीय मिडियाहरुले गोबिन्दाको पाँच नायिकासँग प्रेम सम्बन्ध रहेको दाबी गरेको छ ।

जसमध्ये गोबिन्दा आफ्नो सुरुवाती फिल्मकी नायिका नीलम कोठरीसँग प्रेममा रहेका थिए । जसबेला गोबिन्दाको सुनीतासँग इन्गेजमेन्ट भइसकेको थियो ।

भारतीय मिडिया इन्डिया टूडेका अनुसार गोबिन्दाले नीलमसँग विवाह गर्न सुनीतासँगको इन्गेजमेन्ट तोडेका थिए । गोबिन्दाको इन्गेजमेन्टबारे भने नीलमलाई थाहा थिए । गोबिन्दाले यो प्रेम सम्बन्धलाई भने विवाहमा परिणत गर्न सकेनन् ।

विवाह पश्चात पनि गोबिन्दाको बाहिरी प्रेम सम्बन्धको चर्चा कायमै रह्यो । उनको दिव्या भारतीसँग प्रेम सम्बन्धले चर्चा कमाएको थियो ।

दिव्या र गोबिन्दाको भेट फिल्म ‘शोला और शबनम’को छायाङ्कन दौरान भएको थियो । दिव्या उक्त फिल्मको नायिका थिइन् । यो फिल्म सन् १९९२ मा प्रदर्शनमा आएको थियो ।

उनीहरुले सार्वजनिकरुपमा आफूहरुको प्रेम स्वीकार गरेका थिएनन् । आजतकमा उल्लेख समाचारअनुसार उक्त समयमा म्यागेजिनमा उनीहरुको प्रेम सम्बन्धबारे समाचारहरु छापिएका थिए ।

सन् २००० मा गोबिन्दाको अर्की नायिका रानी मुखर्जीसँग जोडिएको थियो । उनीहरुको यो प्रेम भने लामो समय टिकेन । गोबिन्दाको पत्नी सुनीताले थाहा पाएर यो सम्बन्ध लामो समय नटिकेको बताइन्छ ।

त्यस्तै नायिका माधुरी दिक्षितसँग पनि गोबिन्दाको नाम जोडिएको थियो । सन् १९९८ मा प्रदर्शनमा आएको गोबिन्दाको फिल्म ‘बडे मियाँ छोटे मियाँ’को छायाङ्कनको दौरान उनीहरुको भेट भएको थियो ।

त्यसबेला गोबिन्दाले छायाङ्कन सेटमा माधुरीलाई विवाहको प्रस्ताव राखेको र माधुरीले अस्वीकार गरेको गसिप बाहिरिएको थियो ।

नायिका रविना तण्डन र गोविन्दाको रिल जोडी लोकप्रिय मानिन्छ । उनीहरु दुई पनि छोटो समय प्रेममा रहेको बताइन्छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ९ : २१ बजे

‘स्थायी जनशक्ति नहुँदा सेवा प्रवाहमा चुनौती हुन्छ’

विराटनगर– स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि स्थायी जनशक्ति अपरिहार्य भएको

एभरेस्ट महिला भलिबलको उपाधि कर्णालीलाई

काठमाडौँ- एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णाली याश्विसले जितेको छ।

सबै स्थानीय तहमा युवा परिषद् गठन गर्न आग्रह

काठमाडौँ- राष्ट्रिय युवा परिषद्ले सबै स्थानीय तहलाई ‘स्थानीय युवा परिषद्’

विद्यमान राजनीतिक अस्थिरता अन्त्य गर्न कम्युनिष्ट आन्दोलनलाई एकीकृत बनाउनुपर्छ: माधवकुमार नेपाल

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले देशमा कम्युनिष्ट आन्दोलनलाई

मन्त्री घिसिङद्वारा बाग्मती ‘करिडोर’ क्षेत्रको ढल व्यवस्थापन र सडक स्तरोन्नतिबारे निरीक्षण

काठमाडौँ- सहरी विकासमन्त्री कुलमान घिसिङले काठमाडौँको पूर्वीक्षेत्रस्थित बाग्मती नदी करिडोर