यी हिरोइनसँग जोडिएको थियो गोबिन्दाको नाम « Khabarhub

यी हिरोइनसँग जोडिएको थियो गोबिन्दाको नाम


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड नायक गोबिन्दा पछिल्लो समय वैवाहिक सम्बन्धलाई लिएर चर्चामा छन् । भारतीय सञ्चार माध्यमहरुले ६१ वर्षीय गोबिन्दा र उनकी श्रीमती सुनीता आहुजाको सम्बन्ध बिग्रिएको चर्चा गर्न थालेका छन् ।

यसबारेमा गोबिन्दा र उनकी श्रीमति दुवैले मुख खोलेका छैनन् । सोही कारण पनि यी दुईको सम्बन्धबारे विभिन्न अड्कालबाजी भइरहेको छ ।

विशेषगरी सुनीताले विगतमा दिएको अन्तर्वार्ताका क्लिपहरु भाइरल भएका छन् । जसले यिनीहरुको सम्बन्ध बिग्रिएको गसिपलाई थप बढवा दिएको छ ।

भाइरल भएको एक क्लिपमा सुनीताले भनेकी छन्, ‘उमेरमा गोबिन्दा व्यस्त थिए । उनलाई बाहिरी सम्बन्ध राख्न समय थिएन । ६० कटेपछि उनी फुर्सदमा छन् । मलाई अहिले चाहिँ बाहिरी सम्बन्धको डर छ ।’

अर्को एक क्लिपमा सुनीताले गोबिन्दा र आफू फरक–फरक घरमा बस्दै आएको बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘गोबिन्दाको मिटिङहरु हुन्छ । घर आउन ढिला हुन्छन् । त्यसैले हामी छुट्टै बस्छौं ।’

पछिल्लो समय गोबिन्दा यही कारण चर्चामा छन् । गोबिन्दाको ३७ वर्षीय वैवाहिक सम्बन्ध बिग्रनुको कारण एक मराठी नायिका रहेको बताइएको छ । ती नायिका र गोबिन्दाको उमेर अन्तर ३० वर्ष रहेको बताइएको छ ।

यो चर्चाले गोबिन्दाका पुराना प्रेम सम्बन्धको प्रसंग पनि सतहमा ल्याएको छ ।

यी नायिकासँग प्रेममा थिए गोबिन्दा

भारतीय मिडियाहरुले गोबिन्दाको पाँच नायिकासँग प्रेम सम्बन्ध रहेको दाबी गरेको छ ।

जसमध्ये गोबिन्दा आफ्नो सुरुवाती फिल्मकी नायिका नीलम कोठरीसँग प्रेममा रहेका थिए । जसबेला गोबिन्दाको सुनीतासँग इन्गेजमेन्ट भइसकेको थियो ।

भारतीय मिडिया इन्डिया टूडेका अनुसार गोबिन्दाले नीलमसँग विवाह गर्न सुनीतासँगको इन्गेजमेन्ट तोडेका थिए । गोबिन्दाको इन्गेजमेन्टबारे भने नीलमलाई थाहा थिए । गोबिन्दाले यो प्रेम सम्बन्धलाई भने विवाहमा परिणत गर्न सकेनन् ।

विवाह पश्चात पनि गोबिन्दाको बाहिरी प्रेम सम्बन्धको चर्चा कायमै रह्यो । उनको दिव्या भारतीसँग प्रेम सम्बन्धले चर्चा कमाएको थियो ।

दिव्या र गोबिन्दाको भेट फिल्म ‘शोला और शबनम’को छायाङ्कन दौरान भएको थियो । दिव्या उक्त फिल्मको नायिका थिइन् । यो फिल्म सन् १९९२ मा प्रदर्शनमा आएको थियो ।

उनीहरुले सार्वजनिकरुपमा आफूहरुको प्रेम स्वीकार गरेका थिएनन् । आजतकमा उल्लेख समाचारअनुसार उक्त समयमा म्यागेजिनमा उनीहरुको प्रेम सम्बन्धबारे समाचारहरु छापिएका थिए ।

सन् २००० मा गोबिन्दाको अर्की नायिका रानी मुखर्जीसँग जोडिएको थियो । उनीहरुको यो प्रेम भने लामो समय टिकेन । गोबिन्दाको पत्नी सुनीताले थाहा पाएर यो सम्बन्ध लामो समय नटिकेको बताइन्छ ।

त्यस्तै नायिका माधुरी दिक्षितसँग पनि गोबिन्दाको नाम जोडिएको थियो । सन् १९९८ मा प्रदर्शनमा आएको गोबिन्दाको फिल्म ‘बडे मियाँ छोटे मियाँ’को छायाङ्कनको दौरान उनीहरुको भेट भएको थियो ।

त्यसबेला गोबिन्दाले छायाङ्कन सेटमा माधुरीलाई विवाहको प्रस्ताव राखेको र माधुरीले अस्वीकार गरेको गसिप बाहिरिएको थियो ।

नायिका रविना तण्डन र गोविन्दाको रिल जोडी लोकप्रिय मानिन्छ । उनीहरु दुई पनि छोटो समय प्रेममा रहेको बताइन्छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ९ : २१ बजे

‘सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै टुङ्गिन्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पौडेलले सरकार र शैक्षिक परामर्श

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा