एनसेलले ल्यायो ‘म्याजिक रिसोर्सेस’ बोनस अफर  « Khabarhub

एनसेलले ल्यायो ‘म्याजिक रिसोर्सेस’ बोनस अफर 


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनसेलका ग्राहकले अब कुनै पनि प्याक किन्दा निःशुल्क बोनस रिसोर्स-डेटा, भ्वाइस वा एसएमएस गर्न पाउने भएका छन् । 

‘म्याजिक रिसोर्सेस’ बोनस अफरअन्तर्गत, ग्राहकहरूले रिन्यूअल प्याक तथा अन्य प्रोडक्टहरू खरिद गर्दा ८ जीबीसम्म डेटा वा २०० मिनेटसम्म अन–नेट टक टाइम बोनसका रूपमा प्राप्त गर्न सक्छन् ।

यो अफर बिहीबारदेखि लागू भएको छ । अनलिमिटेड सेवा र झन्झटरहित मोबाइल कनेक्टिभिटी सुनिश्चित गर्ने सधैँ अन रिन्यूअल प्याक हालैमात्र संचालनमा ल्याएपछि एनसेलले यो बोनस अफर ल्याएको हो । यो बोनस अफर एष्ट्रिक्स १२३ ह्यास डायल गरी प्याक खरिद गर्ने ग्राहकको लागि मात्र मान्य हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ‘म्याजिक रिसोर्सेज’ बोनस अफर अन्तर्गत, सधैँ अन रिन्यूअल प्याक, होम एण्ड अवे प्याक, अनलिमिटेड भ्वाइस, अनलिमिटेड डेटा लगायत १५ विभिन्न प्याकहरू खरिद गर्ने ग्राहकहरूले बोनस सुविधाहरू प्राप्त गर्न सक्छन् । 

उदाहरणका लागि ७९९ रुपैयाँको होम एन्ड अवे रिन्यूअल प्याक लिने ग्राहकहरूले प्याकमा पाइने २८ दिनको समयावधि भएको मुख्य सेवा ६५ जीबी डेटा बाहेक ८ जीबी डेटा वा २०० मिनेट अन–नेट टक टाइम वा २०० अन–नेट एसएमएस बोनस रूपमा प्राप्त गर्दछन् ।

यस अफरअन्तर्गत समावेश सधैँ अन रिन्यूअल प्याकहरूमा प्याक अनुसार ग्राहकहरूले ५ जीबीदेखि ७.५ जीबीसम्म डेटा वा २० मिनेटदेखि ८० मिनेटसम्म अन–नेट टक टाइम, वा १० देखि २०० अन–नेट एसएमएस बोनसका रूपमा पाउँछन् ।

त्यसैगरी सात दिन समयसीमा रहेको  २०० रुपैयाँको कम्बो प्याकमा, ग्राहकहरूले प्याकमा समावेश रहेको ५० मिनेट टक टाइम र अनलिमिटेड डेटासँगै बोनस बापत २ जीबी डेटा वा ५० मिनेट अन–नेट टक टाइम, वा १० अन–नेट एसएमएस प्राप्त गर्दछन् ।

 त्यस्तै, ४९९ रुपैयाँको अनलिमिटेड भ्वाइस रिन्यूअल प्याकमा, ग्राहकहरूले ५ जीबी डेटा वा १०० मिनेट अल नेट टक टाइम, वा १०० अन–नेट एसएमएस बोनस प्राप्त गर्न सक्छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ८ : २० बजे

प्रदेशको सत्ताका लागि एमालेमा किचलो : शेरधन, हिक्मत र घनश्यामलाई गुन्डुले बोलायो

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको सरकारलाई

अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्न आवश्यक : कानुनमन्त्री

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय अनुसन्धान

एलपी ग्यास सिलिन्डर म्यापिङ गर्न सरकारलाई निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए

विराटनगर– मोरङको विराटनगर नाका भई आर्थिक वर्ष २०८२/८३ मा तेस्रो

प्रतिनिधिसभा आकस्मिक समय : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको बैठकको आजको आकस्मिक समयमा सांसदहरूले जाजरकोट घटनादेखि बाढी