बालेनलाई शंकर पोखरेलको जवाफ : कार्यकारी अधिकृत किन जान मानेका छैनन् भन्नेमा ध्यान गएन « Khabarhub

बालेनलाई शंकर पोखरेलको जवाफ : कार्यकारी अधिकृत किन जान मानेका छैनन् भन्नेमा ध्यान गएन


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले काठमाडौं महानगर पालिका मेयर बालेन शाहलाई जवाफ फर्काएका छन् । बालेनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै फेसबुकमा स्टाटस लेखेको केहीबेरमै महासचिव पोखरेलले जवाफ पर्काएका हुन् ।

उनले अधिकृतहरु काठमाडौं महानगरपालिकामा जान नमानिरहेको कुरालाई ध्यान दिनुपर्ने उल्लेख गरेका छन् । पोखरेलले लेखेका छन्, ‘ काठमाण्डौं महानगरको मेयर वालेनले सरकारले कार्यकारी अधिकृत नपठाएको आरोप लगाउदै तिखो आक्रोस र असन्तुष्टि पोखेको देखिन्छ । तर किन पछिल्लो समय कार्यकारी अधिकृत त्यहाँ जान मानिरहेका छैनन् भन्ने कुरामा उनको ध्यान पुगेको देखिदैन ।’

यसअघि बालेनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै फूलाई हराउने ताकमा देशलाई नडुबाउन सुझाव दिएका थिए । ‘ ‘प्रधानमन्त्रीज्यु , भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ , हामी त तपाईंकै मदन भण्डारीको सपना पुरा गर्न हिडेको मन्छे ! मलाई हराउने ताकमा , देशलाई चै नडुबाउनु होला !!’उनले लेखेका थिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ११ : ०३ बजे

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि

युद्धबन्दी हस्तान्तरणबारे युक्रेनसँग दक्षिण कोरिया असन्तुष्ट

सियोल– युक्रेनले रुसका लागि लडिरहेका दुई उत्तर कोरियाली सैनिकलाई दक्षिण

चाडपर्वमा सडक अस्थायी रूपमा सञ्चालनयोग्य बनाउन आग्रह

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले बाढीपहिरोका

प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा छ वटा विधेयक प्रस्तुत गरिएको छ ।

पक्राउपछि दुर्गा प्रसाईँलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं– मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईँ फेरि पक्राउ परेका