राजावादीको आवाज निषेध नगर्न मनिषा कोइरालासहित ३२ जनाको विशेष अपिल : ६ बुँदामा के छ ? « Khabarhub

राजावादीको आवाज निषेध नगर्न मनिषा कोइरालासहित ३२ जनाको विशेष अपिल : ६ बुँदामा के छ ?


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारलाई निषेधको राजनीति नगर्न अपिल गर्दै केही सामाजिक अगुवाले अपिल गरेका छन्। प्रजातान्त्रिक व्यवस्थामा निषेध किमार्थ स्वीकार्य हुन सक्दैन भन्दै भाष्कर राजकर्णिकार, कुशकुमार जोशी, भवानी राणा, मनिषा कोइराला, टिकाराम यात्री, युवराज घिमिरे, जीवरामभण्डारी, स्वागत नेपाल, सर्वेन्द्र खनालसहित ३२ जना अगुवाले ६ बुँदे अपिल गरेका हुन्।

अपिलको अन्तिम बुँदामा भनिएको छ, ‘प्रजातान्त्रिक व्यवस्थामा निषेध किमार्थ स्वीकार्य हुन सक्दैन, राज्यसत्ता र त्यसको नेतृत्वमा रहेकाहरुको वर्तमानको गतिविधिले निषेधको तृष्णा देखाउँछ। हामी तपशीलका विभिन्न संस्था र विधामा अबद्ध व्यक्तिहरु सरोकारवालालाई सतर्क र सचेत पनि गराउन चाहन्छौँ। यदि परिस्थिति नियन्त्रण बाहिर जाने अवस्था भयो भने यसको जिम्मेवार स्वयम् सरकार हुनेछ।’

अपिलमा ३२ जनाको नाम लेखिए पनि कसैले हस्ताक्षर गरेका छैनन्।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ७ : ३२ बजे

नेपाली क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप खेल्न बिदाइ

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

मानसिक सन्तुलन गुमाएका युवकले गरे आफ्नै आमाको हत्या

भक्तपुर– मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण

गाजामा बालबालिकाको शिक्षा सुनिश्चित गर्न सहयोग बढाऊँ : संयुक्त राष्ट्र

संयुक्त राष्ट्र- संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

काठमाडौं नगर पञ्चायतका पूर्वप्रधानपञ्च महर्जनको निधन

काठमाडौं– तत्कालीन काठमाडौँ नगर पञ्चायतका पूर्व प्रधानपञ्च रिनेन्द्रमान सिंह महर्जनको