आजको मौसम : पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव « Khabarhub

आजको मौसम : पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आज बिहान कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ । 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । 

आज दिउँसो ती दुवै प्रदेशका हिमाली क्षेत्रमा हल्का हिमपात तथा पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । आज राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागमा मौसम आंशिक बदली रहने महाशाखाले जनाएको छ ।  

कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागमा आज राति हल्का हिमपात र पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ७ : ३२ बजे

भारतीय समकक्षी जयशंकरद्वारा खनाललाई बधाई, सहकार्य सुदृढ बनाउने अपेक्षा

काठमाडौं– भारतका विदेशमन्त्री एस. जयशंकरले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई

नवनियुक्त प्रधानमन्त्री शाहलाई अमेरिकाको बधाई

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई संयुक्त राज्य अमेरिकाले बधाई दिएको

वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्दै महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्ने

मुस्ताङ एयरको सम्पर्कविहीन हेलिकप्टर सकुशल अवतरण

काठमाडौं- दोलखाको लाप्चा क्षेत्रबाट शुक्रबार सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टर

श्रममन्त्रीको पहिलो निर्णय- नेपालमै रोजगारी सिर्जना गरेर युवालाई पलायन रोक्छु 

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले नेपालमा नै