क्यानडाका प्रधानमन्त्री भन्छन्, ‘अमेरिकासँगको पुरानो सम्बन्ध सकियो’ « Khabarhub

क्यानडाका प्रधानमन्त्री भन्छन्, ‘अमेरिकासँगको पुरानो सम्बन्ध सकियो’


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

ओटावा – क्यानडाका प्रधानमन्त्री मार्क कानीले अर्थतन्त्रका साथमा कडा सुरक्षा र सैन्य समन्वयको आधारमा अमेरिकासँग रहेको पुरानो सम्बन्ध सकिएको बताएका छन्।

क्याबिनेट बैठकपछि ओटावामा पत्रकारको माझमा बोल्दै उनले अमेरिकाले लिएको नयाँ करको नीतिपछि क्यानडाले अर्थतन्त्रकै बारेमा नयाँ ढङ्गले सोच्ने अवस्था आएको बताए।

उनले क्यानडाले अमेरिकालाई असर गर्ने गरी प्रतिशोधात्मक कर नीति लिने बताए। ट्रम्पले बुधबार कार र यसका पाटपुर्जामा २५ प्रतिशत कर लगाउने निर्णय गरेपछि कार्नीको यो प्रतिक्रिया आएको हो।

लिबरल पार्टीका नेता कार्नीले सन् १९६५ मा भएको अटोमोटिभ उत्पादनका विषयमा भएको अमेरिका र क्यानडाको सम्झौता दुवै देशका लागि सधैँका लागि उपयुक्त साबित भएको बताए।

उनले अमेरिकाको निर्णयपछि पनि उही ढङ्गले बजारमा रहनका लागि सबै व्यवसायीले पनि नयाँ ढङ्गले सोच्न आवश्यक रहेको बताए। अन्य साझेदारसँगको सम्बन्ध बारे पनि पुर्नविचार गर्दै क्यानडाले बजारमा प्रभाव जमाउन आवश्यक रहेको कुरामा उनले आफ्नो मत राखे।

यसअघि बिहीबार बिहान नै ट्रम्पले अमेरिका र युरोपेली शक्ति मिलेर क्यानडासँग नयाँ व्यापार युद्ध सुरु गरिसकेको बताएका थिए।

अमेरिकामा सबै भन्दा धेरै कार निर्यात गर्ने मेक्सिकोकी राष्ट्रपति क्लाउडियो सियनबउमले ३ अप्रिल कै दिनदेखि लागु हुनेगरी मेक्सिकोले पनि आन्तरिक तयारी गरेको बताएकी छिन्। उनले ती सबै विवरण भने खुलाइनन्।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ७ : ५८ बजे

केन्द्रीय समिति बैठकमा सभापति थापाको राजनीतिक प्रतिवेदन पेस, २९ प्रस्ताव प्रस्तुत

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा

देउवाका विश्वास पात्र सुरेन्द्रराज पाण्डेले पनि उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री तथा पूर्व सभापति शेरबहादुर देउवा र

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

गुल्मी– जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवर्द्धनका

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

पोखरा–  दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ