काठमाडौं उपत्यकाको वायु अति अस्वस्थकर « Khabarhub

काठमाडौं उपत्यकाको वायु अति अस्वस्थकर


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकाको वायु अति अस्वस्थकर बनेको छ । 

शुक्रबार बिहान १० बजे काठमाडौंको शंखपार्क सर्वाधिक प्रदूषित रहेको वातावरण विभागले जनाएको छ । विभागका अनुसार त्यहाँको वायुको गुणस्तर मापदण्ड (एक्यूआई) २०० पुगेको छ ।

यस्तै, भक्तपुरको एक्यूआई १९०, रत्नपार्कको १८४, ललितपुरको भैँसेपाटीको १७६ र खुमलटारको १७२ पुगेको छ । कैलालीको धनगढीमा पनि वायु प्रदूषण उच्च भएको छ । सोही समयमा त्यहाँको एक्यूआई १७८ मापन गरिएको छ ।

यीबाहेक अरू सहरकोे एक्यूआई १५० भन्दा कम छ । एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति ‘अस्वस्थकर’ हुन्छ । त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ ।

यस्तै, २०१ देखि ३०० सम्म पुगेमा अति अस्वस्थकर र त्यो भन्दा माथि भएमा ‘खतरनाक’ बन्दै जाने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को मापदण्ड छ ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  १ : १० बजे

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका