बोल्न नदिने भएपछि मोर्चासँग झलनाथ असन्तुष्ट, भने-घरमै टिभीमा हेर्दैछु « Khabarhub

बोल्न नदिने भएपछि मोर्चासँग झलनाथ असन्तुष्ट, भने-घरमै टिभीमा हेर्दैछु


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वक्तामा नराखिएपछि नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झालनाथ खनाल नेकपा माओवादी केन्द्र नेतृत्वको समाजवादी मोर्चाको कार्यक्रममा सहभागी नहुने भएका छन् ।

समाजवादी मोर्चाले शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा गरिरहेको जनसभामा वक्ताका रुपमा नराखिएपछि खनालले असन्तुष्टि जनाएका हुन् । कार्यक्रममा वक्ताका रूपमा नाम नराखिएपछि खनालले कार्यक्रममै नआउने निर्णय गरेका हुन् ।

जनसभामा चारजना नेताको नाम मात्रै वक्ताको सूचीमा छ । मोर्चाको कार्यक्रम बोल्नेहरूमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादीका अध्यक्ष महिन्द्रराय यादव र नेकपा अध्यक्ष नेत्रविक्रम चन्द्र विप्लव छन् ।

पछिल्लो समय नेकपा एकीकृत समाजवादीमा माधव नेपाल र झलनाथबीचको सबन्ध बिग्रिएको चर्चा छ ।

यसबारे प्रश्न गर्दा झलनाथले भने, ‘मेरो यो प्रदर्शन र सभालाई पूरै साथ र समर्थन छ । साथीहरूलाई जानु पनि भनेको छु । म चाहिँ जान सक्दिन ।’

उनले नजानुको कारणबारे प्रश्न गर्दा भने, ‘मैले घर बसेर टेलिभिजनमा हेरिरहेको छु । भिडभाडमा जान स्वास्थ्यका दृष्टिले पनि उपयुक्त भएन ।’

खनालले यसो भने पनि सभामा चार नेताले मात्रै बोल्ने गरी सिन्डिकेट लगाइएपछि कार्यक्रमै सहभागी नहुने भएका हुन् । स्रोतले भन्यो, ‘चार नेताले सिन्डिकेट लगाए । उहाँ जस्तो वाम आन्दोलनको प्रखर नेतालाई माधव नेपालले बोल्न दिनुपर्‍थ्यो ।’

मोर्चाको जनसभाका लागि जिल्ला–जिल्लाबाट डेढ सयभन्दा धेरै गाडीमा नेता-कार्यकर्ता काठमाडौँमा आइरहेका छन् ।

समाजवादी मोर्चा र राजावादीहरुको प्रदर्शनले उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।

काठमाडौँको विभिन्न स्थानबाट र्‍यालीसहित मोर्चाले प्रदर्शनीमार्गमा सभा गर्न लागेको हो । उता तीनकुनेमा राजावादी समूहले गर्न लागेको प्रदर्शनका कारण ट्राफिक व्यवस्थापन भताभुंग भएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  १ : ०१ बजे

इरानले पाकिस्तानमार्फत् अमेरिकालाई नयाँ १४ बुँदे प्रस्ताव पठायो

तेहरान– युद्धको सन्त्रासबीच इरानले फेरि एक पटक सहमतिका लागि १४

बेनीलाई कटान र बाढीबाट जोगाउन नदी नियन्त्रण योजना

म्याग्दी– बेनी बजारमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि आयोजना निर्माण

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु, पहिले दिन ३ सय ७८ जनाले पाए बचत

काठमाडौं– सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु गरेको

पत्रकारलाई हर्कको जवाफ- कानुन बनाउने मान्छेलाई सिकाइरहनु पर्दैन

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीलाई संसद्प्रति उत्तरदायी

भ्रष्टाचार मुद्दामा यर्माक रिहा हुने

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका पूर्वशक्तिशाली सहयोगी एन्ड्री यर्माकले बहुचर्चित