बोल्न नदिने भएपछि मोर्चासँग झलनाथ असन्तुष्ट, भने-घरमै टिभीमा हेर्दैछु | Khabarhub Khabarhub

बोल्न नदिने भएपछि मोर्चासँग झलनाथ असन्तुष्ट, भने-घरमै टिभीमा हेर्दैछु


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वक्तामा नराखिएपछि नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झालनाथ खनाल नेकपा माओवादी केन्द्र नेतृत्वको समाजवादी मोर्चाको कार्यक्रममा सहभागी नहुने भएका छन् ।

समाजवादी मोर्चाले शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा गरिरहेको जनसभामा वक्ताका रुपमा नराखिएपछि खनालले असन्तुष्टि जनाएका हुन् । कार्यक्रममा वक्ताका रूपमा नाम नराखिएपछि खनालले कार्यक्रममै नआउने निर्णय गरेका हुन् ।

जनसभामा चारजना नेताको नाम मात्रै वक्ताको सूचीमा छ । मोर्चाको कार्यक्रम बोल्नेहरूमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादीका अध्यक्ष महिन्द्रराय यादव र नेकपा अध्यक्ष नेत्रविक्रम चन्द्र विप्लव छन् ।

पछिल्लो समय नेकपा एकीकृत समाजवादीमा माधव नेपाल र झलनाथबीचको सबन्ध बिग्रिएको चर्चा छ ।

यसबारे प्रश्न गर्दा झलनाथले भने, ‘मेरो यो प्रदर्शन र सभालाई पूरै साथ र समर्थन छ । साथीहरूलाई जानु पनि भनेको छु । म चाहिँ जान सक्दिन ।’

उनले नजानुको कारणबारे प्रश्न गर्दा भने, ‘मैले घर बसेर टेलिभिजनमा हेरिरहेको छु । भिडभाडमा जान स्वास्थ्यका दृष्टिले पनि उपयुक्त भएन ।’

खनालले यसो भने पनि सभामा चार नेताले मात्रै बोल्ने गरी सिन्डिकेट लगाइएपछि कार्यक्रमै सहभागी नहुने भएका हुन् । स्रोतले भन्यो, ‘चार नेताले सिन्डिकेट लगाए । उहाँ जस्तो वाम आन्दोलनको प्रखर नेतालाई माधव नेपालले बोल्न दिनुपर्‍थ्यो ।’

मोर्चाको जनसभाका लागि जिल्ला–जिल्लाबाट डेढ सयभन्दा धेरै गाडीमा नेता-कार्यकर्ता काठमाडौँमा आइरहेका छन् ।

समाजवादी मोर्चा र राजावादीहरुको प्रदर्शनले उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।

काठमाडौँको विभिन्न स्थानबाट र्‍यालीसहित मोर्चाले प्रदर्शनीमार्गमा सभा गर्न लागेको हो । उता तीनकुनेमा राजावादी समूहले गर्न लागेको प्रदर्शनका कारण ट्राफिक व्यवस्थापन भताभुंग भएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  १ : ०१ बजे

कश्मीरमा ठूलो आक्रमण- घुम्न गएका पर्यटकलाई चरमपन्थीले नाम सोधीसोधी हानेका थिए गोली

कश्मीर- सन् २०१९ मा पुलवामामा भएयताकै सबैभन्दा ठूलो चरमपन्थी आक्रमण

कश्मीरमा पर्यटकको समूहमाथि चरमपन्थीको आक्रमण, नेपालीसहित कम्तीमा २६ जनाको मृत्यु

कश्मीर- भारतको जम्मु-कश्मीरस्थित पहलगाममा मंगलबार पर्यटकमाथि अहिलेसम्कै ठूलो चरमपन्थी हमला

शिक्षक र राजावादीको आन्दोलनले ओझेलमा उद्योगी मेला, सबै स्टल बुकिङ हुनै मुस्किल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले वैशाख २५ गतेदेखि आयोजना गर्न

नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन विस्तार सम्झौता, भारतीय मन्त्री खट्टरले भने- नयाँ कोसेढुङ्गा

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युत्

आन्दोलित शिक्षकलाई निजामती कर्मचारीले साथ दिँदा सरकारलाई धक्का !

काठमाडौं- शिक्षक महासंघको नेतृत्वमा विगत २१ दिनदेखि जारी आन्दोलनको निचोड