कुलमानको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश « Khabarhub

कुलमानको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतले नेपाल विद्युत्‌ प्राधिकरणको प्रबन्ध निर्देशकबाट गत सोमबार बर्खास्त गरिएका कुलमान घिसिङको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सर्वोच्चका न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले कुलमानको माग नसुनेको हो। सरकारको निर्णयबाट आफूलाई अन्याय भएको भन्दै यही बिहीबार सर्वोच्च पुगेका घिसिङको पक्षमा अन्तरिम आदेश नआएसँगै नयाँ प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यलाई काम गर्ने बाटो पनि खुलेको छ ।

न्यायाधीश मुसलमानको इजलासले यो मुद्दालाई हेर्दाहेर्दैमा राखेर आइतबार दुवै पक्षको कुरा सुन्ने भएको छ । आइतबार सरकारको पनि कुरा सुन्नुपर्ने ठहरसहित सर्वोच्चले यो मुद्दालाई हेर्दाहेर्दैमा राखेको छ ।

घिसिङलाई हटाएर सरकारले सोमबार नेपाल विद्युत्‌ प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरिसकेको छ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  १ : २१ बजे

उदयपुरमा भेटिएको शंकास्पद वस्तु नष्ट गरियो

उदयपुर – जिल्लाको चौदण्डीगढी नगरपालिका–२ लाटीखोलास्थित मदन भण्डारी सडकमार्गमा फेला

इजरायल–अमेरिकी आक्रमण : इरानको नयाँ सर्वोच्च नेता चयन गर्ने भवन निशानामा

तेहरान – इजरायल र अमेरिकाले मङ्गलबार इरानको नयाँ सर्वोच्च नेता

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौं – देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौं – इजरायल–अमेरिका र इरानबीचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक

खोटाङमा मतगणनास्थल निर्माण

खोटाङ – खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल तयार पारेको