कुलमानको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश « Khabarhub

कुलमानको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतले नेपाल विद्युत्‌ प्राधिकरणको प्रबन्ध निर्देशकबाट गत सोमबार बर्खास्त गरिएका कुलमान घिसिङको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सर्वोच्चका न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले कुलमानको माग नसुनेको हो। सरकारको निर्णयबाट आफूलाई अन्याय भएको भन्दै यही बिहीबार सर्वोच्च पुगेका घिसिङको पक्षमा अन्तरिम आदेश नआएसँगै नयाँ प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यलाई काम गर्ने बाटो पनि खुलेको छ ।

न्यायाधीश मुसलमानको इजलासले यो मुद्दालाई हेर्दाहेर्दैमा राखेर आइतबार दुवै पक्षको कुरा सुन्ने भएको छ । आइतबार सरकारको पनि कुरा सुन्नुपर्ने ठहरसहित सर्वोच्चले यो मुद्दालाई हेर्दाहेर्दैमा राखेको छ ।

घिसिङलाई हटाएर सरकारले सोमबार नेपाल विद्युत्‌ प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरिसकेको छ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  १ : २१ बजे

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।