म्यानमारमा शक्तिशाली भूकम्प, थाइल्याण्डको राजधानीमासमेत धक्का महसुस  « Khabarhub

म्यानमारमा शक्तिशाली भूकम्प, थाइल्याण्डको राजधानीमासमेत धक्का महसुस 


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- म्यानमारमा शक्तिशाली भूकम्प गएको छ । समाचार एजेन्सी एपीकाअनुसार अमेरिकाको जियोलोजिकल सर्वे र जर्मनीको जीएफजेड सेन्टर फर जियोसाइन्सका अनुसार म्यानमार केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । 

एजेन्सीका अनुसार थाइल्याण्डको राजधानी बैंककमा पनि भूकम्पको झड्का महसुस गरिएको छ । भूकम्पपछि बैंककका कयौँ भवनहरू खाली गराइएको बीबीसीले जनाएको छ । 

अमेरिकी जियोलोजिकल सर्वेले भूकम्पको तीव्रता ७.७ रेक्टर स्केल रहेको जनाएको छ । तर, चीनको सरकारी न्युज एजेन्सी शिन्हुआले चाइना अर्थक्वेक नेटवक्र्स सेन्टरलाई उद्धृत गर्दै भूकम्पको तीव्रता ७.९ रेक्टर स्केल रहेको दाबी गरेको छ । 

भूकम्पले म्यानमार र थाइल्याण्डमा पुर्‍याएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  १ : १९ बजे

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

मानसिक सन्तुलन गुमाएका युवकले गरे आफ्नै आमाको हत्या

भक्तपुर– मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण

गाजामा बालबालिकाको शिक्षा सुनिश्चित गर्न सहयोग बढाऊँ : संयुक्त राष्ट्र

संयुक्त राष्ट्र- संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

काठमाडौं नगर पञ्चायतका पूर्वप्रधानपञ्च महर्जनको निधन

काठमाडौं– तत्कालीन काठमाडौँ नगर पञ्चायतका पूर्व प्रधानपञ्च रिनेन्द्रमान सिंह महर्जनको

‘पार्टीले आधिकारिकता पाइसक्यो, भिन्न मत राख्न जरुरी छैन’

काठमाडौं – नेपाली कांग्रेसले पार्टीभित्र एकता र सद्भाव कायम गर्दै