राजावादी आन्दोलनमा झडप, प्रहरीले हान्यो अश्रुग्यास र पानीको फोहोरा, नेताहरू भागाभाग « Khabarhub

राजावादी आन्दोलनमा झडप, प्रहरीले हान्यो अश्रुग्यास र पानीको फोहोरा, नेताहरू भागाभाग


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दुर्गा प्रसाईं र नवराज सुवेदी नेतृत्वको राजावादीहरूको आन्दोलन हिंसात्मक भएको छ।

निषेधित क्षेत्र तोडेर अघि बढ्न खोजेपछि तीनकुने क्षेत्रमा प्रहरीले बल प्रयोग गरेको हो ।

राजावादीको आन्दोलनमा सहभागीहरू नयाँबानेश्वर क्षेत्रतिर अघि बढ्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको हो ।

हस्तक्षेपका क्रममा दुर्गा प्रसाईं सवार गाडी तोडफोड भएको छ । अहिले प्रदर्शनकारीले प्रहरीमा ढुंगामुढा गरिरहेका छन् ।

प्रहरीले पनि बल प्रयोग गर्दै अश्रुग्यास, लाठी र पानीको फोहोरा हानेको छ। अहिले तीनकुने क्षेत्र झडपका कारण रणमैदान जस्तै बनेको छ।

प्रहरीले बल प्रयोग गरेपछि राजावादी नेताहरू तीनकुनेको चौरमा बनाइएको मञ्चबाट भागभाग भएका छन् ।

तस्बिरहरू : संगम ढकाल

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  १ : ५० बजे

नेपाल-भारत सम्बन्ध : ‘रिसेट’ होइन, ‘रिभिजिट’ को खाँचो छ

अहिले भूराजनीतिको चर्चा गर्दा मुख्यतया ‘इन्डो-सेन्ट्रिक’ (भारत केन्द्रित) र ‘साइनो-सेन्ट्रिक’

काठमाडौँको रानीपोखरीमा भेटियो पुरुषको शव, पहिचान खुल्न बाँकी

काठमाडौँ – रानीपोखरीमा बुधबार राति एक पुरुष मृत अवस्थामा फेला

आरुघाट पुल मर्मत तीव्र, दसैँअघि बेलिब्रिज राख्ने तयारी (तस्बिरहरू)

गोरखा – बुढीगण्डकी नदीमा गत असोज २५ गते आएको बाढीले

विभागले गर्‍यो राजमार्गका रेष्टुरेन्टको स्तरीकरण, मुग्लिनको ‘दाल भात पावर’ मात्र अति उत्तम

काठमाडौँ– राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई बासी तथा निम्न गुणस्तरको खाना

सरकारलाई रक्षा बमको चेतावनी- जनताले तपाईँहरूको ल्याकत नापिरहेका छन् 

काठमाडौँ– रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात