निषेधित क्षेत्र तोड्न खोज्दा राजावादीको प्रदर्शन हिंसात्मक « Khabarhub

निषेधित क्षेत्र तोड्न खोज्दा राजावादीको प्रदर्शन हिंसात्मक


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


720
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजसंस्था पुन:स्थापनाका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिको प्रदर्शन हिंसात्मक बनेको छ ।

राजावादीहरू स्थानीय प्रशासनले निर्धारण गरेको तीनकुने क्षेत्रबाट नयाँ बानेश्वरतर्फ अघि बढ्न खोजेपछि प्रदर्शन हिंसात्मक बनेको हो ।

नयाँ बानेश्वरतर्फ अघि बढ्न खोजेका राजावादीलाई रोक्न प्रहरीले बल प्रयोग गरेको छ । बल प्रयोगका क्रममा प्रहरीले राजावादीमाथि अश्रुग्यास प्रहार गरिरहेको छ ।

प्रदर्शनकारीहरू सुरक्षाकर्मीमाथि ढुंगा र इँटा प्रहार गरिरहेका छन् । तीनकुनेमा रहेका खबरहबकर्मी संगम ढकालका अनुसार प्रहरी र प्रदर्शनकारीबीचको झडपका क्रममा केही व्यक्ति घाइते भएका छन् ।

खबरहबले कैद गरेको एक भिडियो फुटेजमा एकजना सादा पोसाक लगाएका व्यक्ति बेहोस देखिएका छन् । उनीबारे विस्तृत विवरण खुलेको छैन ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  २ : ०८ बजे

‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह

काठमडौँ– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता

कञ्चनपुर जिल्ला अदालत : मुद्दा फर्छ्यौटमा सुधार

महेन्द्रनगर– कञ्चनपुर जिल्ला अदालतले आर्थिक वर्ष २०८२–८३ मा ६९.३४ प्रतिशत

उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट

नेपालगन्ज– उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२–८३ मा

डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु

डडेल्धुरा– डडेल्धुराको अमरगढी नगरपालिका– ७ खसरेखानमा जिप दुर्घटना हुँदा दुई

कमैया मुक्तिको २६ वर्ष

कैलाली-  कैलालीको गोदावरी नगरपालिका–१ विजयपुर शिविरका २२ मुक्तकमैया परिवारले दुई