निषेधित क्षेत्र तोड्न खोज्दा राजावादीको प्रदर्शन हिंसात्मक « Khabarhub

निषेधित क्षेत्र तोड्न खोज्दा राजावादीको प्रदर्शन हिंसात्मक


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


717
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजसंस्था पुन:स्थापनाका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिको प्रदर्शन हिंसात्मक बनेको छ ।

राजावादीहरू स्थानीय प्रशासनले निर्धारण गरेको तीनकुने क्षेत्रबाट नयाँ बानेश्वरतर्फ अघि बढ्न खोजेपछि प्रदर्शन हिंसात्मक बनेको हो ।

नयाँ बानेश्वरतर्फ अघि बढ्न खोजेका राजावादीलाई रोक्न प्रहरीले बल प्रयोग गरेको छ । बल प्रयोगका क्रममा प्रहरीले राजावादीमाथि अश्रुग्यास प्रहार गरिरहेको छ ।

प्रदर्शनकारीहरू सुरक्षाकर्मीमाथि ढुंगा र इँटा प्रहार गरिरहेका छन् । तीनकुनेमा रहेका खबरहबकर्मी संगम ढकालका अनुसार प्रहरी र प्रदर्शनकारीबीचको झडपका क्रममा केही व्यक्ति घाइते भएका छन् ।

खबरहबले कैद गरेको एक भिडियो फुटेजमा एकजना सादा पोसाक लगाएका व्यक्ति बेहोस देखिएका छन् । उनीबारे विस्तृत विवरण खुलेको छैन ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  २ : ०८ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो