प्रचण्डको चेतावनी- पूर्वराजा ज्ञानेन्द्रले फेरि गल्ती गरे केही बाँकी राख्दैनौँ  « Khabarhub

प्रचण्डको चेतावनी- पूर्वराजा ज्ञानेन्द्रले फेरि गल्ती गरे केही बाँकी राख्दैनौँ 


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहले फेरि गल्ती गरे केही बाँकी नरहने चेतावनी दिएका छन् । 

समाजवादी मोर्चा, नेपालले शुक्रबार प्रदर्शनमार्गमा आयोजना गरेको जनसभा सम्बोधन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्रले फेरि राजा बन्ने चाहना राखेपछि यस्तो चेतावनी दिएका हुन् । 

पूर्वप्रधानमन्त्री प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रलाई विगतमा धेरै गल्ती गरिसकेकाले फेरि अर्को गल्ती नगर्न सुझाव दिए । 

‘नेपाली जनता र राजनीतिक दललाई कमजोरी ठानेर इतिहासमा फर्कने दुस्साहस नगरियोस्,’ उनले भने, ‘अब अर्को गल्ती गरे भने उनले भोग्न बाँकी केही रहँदैन । खबरदार ।’

अध्यक्ष प्रचण्डले विगतमा पूर्वराजाले गरेको गल्तीको परिणाम भोग्नुपरेको पनि स्मरण गराए । ‘विगतमा उनले धेरै गल्ती गरे,’ उनले भने, ‘त्यो गल्तीको परिणाम भोगिरहेकै छन् ।’

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ३ : ४६ बजे

एट्लेटिको माथि रियल म्याड्रिडको रोमाञ्चक जित

काठमाडौँ – गएराति भएको खेलमा रियल म्याड्रिडले एट्लेटिको म्याड्रिडमाथि रोमाञ्चक

अमेरिका-इरान तनाव उत्कर्षमा : ट्रम्प चेतावनीको २४ घण्टा मात्र बाँकी

काठमाडौँ – विश्वकै व्यस्त तेल ढुवानी मार्गमध्येको एक ‘होर्मुज’ पुनः

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल चैत ९ गते सोमबार चैत

आज २०८२ साल चैत ९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ९ गते सोमबार चैत