कुलमानको बर्खास्तबारे सदनमा जवाफ दिन प्रधानमन्त्री ओली तयार « Khabarhub

कुलमानको बर्खास्तबारे सदनमा जवाफ दिन प्रधानमन्त्री ओली तयार


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले चैत्र १८ गते सदनमा सम्बोधन गर्ने भएका छन् ।  

विपक्षी दलले निरन्तर सदन अवरोध गरेपछि प्रधानमन्त्री ओली सदनमा जवाफ दिन तयार भएका हुन्  । 

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले विपक्षी दलले उठाएका विषयमा चैत्र १८ गते बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने जानकारी गराएको बताए । 

विपक्षी दलको माग अनुसार प्रधानमन्त्रीले सम्बोधन गर्ने जानकारी गराउँदा पनि शुक्रबार सदन खोल्न विपक्षी तयार नभएको उनले बताए । यद्यपि आइतबारदेखिको बैठक भने चल्न दिने गरी सहमति भएको उनले जानकारी दिए ।  

कुलमान घिसिङलाई पदबाट हटाइएको विषयमा विपक्षी दलले प्रधानमन्त्रीको जवाफ माग गर्दै निरन्तर सदन अवरुद्ध गर्दै आएको छ । 

विपक्षीको अवरोधका कारण प्रतिस्थापन विधेयक पारित गर्न समस्या भएपछि प्रधानमन्त्री ओलीले सदनमा जवाफ दिने तयारी गरेका हुन् ।  

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ३ : ५१ बजे

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो

एजेन्सी – ऊर्जा मूल्यमा आएको गिरावट र खाद्य पदार्थको मूल्य

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,