एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा पनि आगजनी « Khabarhub

एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा पनि आगजनी


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजावादीहरूको प्रदर्शन झन् झन् उग्र बन्दै जाँदा सार्वजनिक भवनमा आगजनी गर्न थालेका छन् ।

तीनकुनेस्थित एक घरमा आगो लगाएका राजावादीहरूले शुक्रबार दुईवटा सञ्चारगृहमा पनि ढुंगामुढा गरेका छन् ।

कान्तिपुर र अन्नपूर्ण पोस्ट्को कार्यालयमा आक्रमणमा गरेका उनीहरूले बागमती तरेर एकीकृत समाजवादीको कार्यालयमा पनि धावा बोलेका छन् ।

राजावादीका नाममा अराजकहरूको एउटा समूहले एकीकृत समाजवादीको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा ढुंगामुढापछि कागजपत्र जलाएर आगजनी गरेका छन् ।

अहिले समाजवादीको कार्यालयमा आगो लगाइएको छ। अराजक युवाहरूको समूहले समाजवादीको कार्यालयभित्रै छिरेर आगो लगाइदिएका हुन् ।

यस पहिले ढुंगामुढा बर्साउँदा समाजवादीको कार्यालयका शिशा सबैजसो फुटेका थिए । अराजक समूहले समाजवादीको कार्यालयका कागजपत्र बाहिर निकालेर जलाइसकेकपछि भवनमा पनि आगो लगाएका हुन् ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ४ : ०३ बजे

‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह

काठमडौँ– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता

कञ्चनपुर जिल्ला अदालत : मुद्दा फर्छ्यौटमा सुधार

महेन्द्रनगर– कञ्चनपुर जिल्ला अदालतले आर्थिक वर्ष २०८२–८३ मा ६९.३४ प्रतिशत

उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट

नेपालगन्ज– उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२–८३ मा

डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु

डडेल्धुरा– डडेल्धुराको अमरगढी नगरपालिका– ७ खसरेखानमा जिप दुर्घटना हुँदा दुई

कमैया मुक्तिको २६ वर्ष

कैलाली-  कैलालीको गोदावरी नगरपालिका–१ विजयपुर शिविरका २२ मुक्तकमैया परिवारले दुई