एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा पनि आगजनी « Khabarhub

एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा पनि आगजनी


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजावादीहरूको प्रदर्शन झन् झन् उग्र बन्दै जाँदा सार्वजनिक भवनमा आगजनी गर्न थालेका छन् ।

तीनकुनेस्थित एक घरमा आगो लगाएका राजावादीहरूले शुक्रबार दुईवटा सञ्चारगृहमा पनि ढुंगामुढा गरेका छन् ।

कान्तिपुर र अन्नपूर्ण पोस्ट्को कार्यालयमा आक्रमणमा गरेका उनीहरूले बागमती तरेर एकीकृत समाजवादीको कार्यालयमा पनि धावा बोलेका छन् ।

राजावादीका नाममा अराजकहरूको एउटा समूहले एकीकृत समाजवादीको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा ढुंगामुढापछि कागजपत्र जलाएर आगजनी गरेका छन् ।

अहिले समाजवादीको कार्यालयमा आगो लगाइएको छ। अराजक युवाहरूको समूहले समाजवादीको कार्यालयभित्रै छिरेर आगो लगाइदिएका हुन् ।

यस पहिले ढुंगामुढा बर्साउँदा समाजवादीको कार्यालयका शिशा सबैजसो फुटेका थिए । अराजक समूहले समाजवादीको कार्यालयका कागजपत्र बाहिर निकालेर जलाइसकेकपछि भवनमा पनि आगो लगाएका हुन् ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ४ : ०३ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु