किटजन्य रोगहरूको जोखिम बढ्न सक्ने भएकाले सचेतना अपनाऔँ  | Khabarhub Khabarhub

किटजन्य रोगहरूको जोखिम बढ्न सक्ने भएकाले सचेतना अपनाऔँ 


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गर्मीयामको सुरुआत भएसँगै नेपालमा किटजन्य रोगहरूको जोखिम बढ्न सक्ने भएकाले विज्ञले सचेतना अपनाउन आग्रह गरेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रवक्ता डा. प्रकाश बुढाथोकीले मन्त्रालयको साप्ताहिक ब्रिफिङमा गर्मीमा कीटजन्य रोगको जोखिम बढ्ने र दूषित पानीका कारण विभिन्न सङ्क्रमणहरू फैलने जोखिम हुने बताए । 

उनले शुद्धीकरण नगरिएको पानी र दूषित खानाले झाडापखाला, टाइफाइड, जन्डिस र हैजाजस्ता रोगहरूको जोखिम बढाउन सक्ने बताए । उनले त्यस्ता जोखिमबाट बच्न पानी उमालेर वा क्लोरिन झोलको प्रयोग गरी शुद्धीकरण गरेर मात्र प्रयोग गर्ने सुझाव दिए ।

उनले भने, ‘स्वच्छ, सफा र पौष्टिक आहार खाऔँ । प्रशस्त मात्रामा फलफूल तथा हरियो सागसब्जी सेवन गर्ने गरौँ । खाद्य पदार्थहरूलाई सुरक्षित तरिकाले भण्डारण गर्नुपर्छ । शौचालयमा मात्र दिसा पिसाब गर्ने गरौँ ।’

त्यस अवसरमा प्रवक्ता डा. बुढाथोकीले तापक्रम वृद्धि भएसँगै कीटजन्य रोगहरू जस्तै डेङ्गी, मलेरिया, जापानिज इन्सेफलाइटिसको पनि जोखिम बढ्ने बताए ।

उनका अनुसार सङ्क्रमणबाट बच्न वरपरको वातावरण सफा राख्ने, लामखुट्टेको नियन्त्रण गर्न घर, कार्यालय, विद्यालय आदि वरपर पानी जम्न नदिने, लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्ने, झ्याल, ढोकामा जाली राख्ने तथा लामखुट्टे भगाउने धूपको प्रयोग गर्नुपर्छ ।

उहाँले हाल मौसममा आएको परिवर्तनसँगै रुघाखोकी, ज्वरोजस्ता लक्षणसहितका फ्लूका बिरामीहरूको चाप अस्पतालमा बढ्दै गएकाले फ्लूबाट बालबालिका, वृद्धवृद्धा, गर्भवती, दीर्घरोगीहरु बढी जोखिममा हुने भएकाले सावधानी अपनाउन आग्रह गरे । ‘साबुनपानीले हात धुने, मास्कको प्रयोग गर्ने, काम नपरी भिडभाडमा जाने नगरौँ’,उनले भने ।

उनले स्वास्थ्यसँग सम्बन्धित कुनै जिज्ञासा वा गुनासो भए मन्त्रालयको हेल्लो स्वास्थ्य कल सेन्टर १११५ मा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म फोन गरेर वा इमेल गर्न पनि सकिने जनाए । स्वास्थ्य मन्त्रालयले हरेक शुक्रबारको १ बजेर ३० मिनेटमा साप्ताहिक मिडिया ब्रिफिङ गर्दै आएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ४ : ५५ बजे

एनआईसी एशिया बैंकका ग्राहकलाई फ्रन्टलाइन हस्पिटलमा १० प्रतिशत छुट

काठमाडौं– एनआईसी एशिया बैंकका ग्राहकलाई नोबल कलेज अफ हेल्थ एण्ड

‘कुलिङ’को निचोड : रामहरि राजीनामा देऊ, मुख्यसचिवलाई कारवाही गर

काठमाडौं– देशको राजनीति र कर्मचारी प्रशासनमा यतिबेला नैतिकताको ठूलो खडेरी

असोज १ गतदेखि देशैभर सवारीसाधनमा अब ईम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने

काठमाडौं– आगामी असोज १ गतदेखि देशैभर सवारीसाधनमा अब ईम्बोस्ड नम्बर

विश्वप्रकाशले भने- बदमासी अक्षम्य छ, पदम गिरीको टिप्पणी- खतिवडा र दुराले पदमा बस्न मिल्दैन

काठमाडौं- संघीय निजामती सेवा विधेयकमा राखिएको ‘कुलिङ पिरियड’बारे भएको छेडखानी

तेश्रो जलविद्युत् परियोजना विकासमा भएको सम्झौता बमोजिम रिभ्यू प्यानल गठन गर्ने र सम्झौता स्वीकृत गर्ने

काठमाडौं– सरकारले अरुण तेश्रो जलविधुत परियोजना बिकासका लागि विकासकर्ता कम्पनी