नागरिकको धनजन सुरक्षामा थप सतर्कता अपनाउन सरकारलाई कांग्रेसको सुझाव « Khabarhub

नागरिकको धनजन सुरक्षामा थप सतर्कता अपनाउन सरकारलाई कांग्रेसको सुझाव


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले सरकारलाई नागरिकको धनजनको सुरक्षाका लागि थप सतर्कताका साथ रणनीतिक योजना बनाउन सुझाव दिएको छ । 

कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सरकारलाई थप सतर्कताका साथ रणनीतिक योजना बनाउन सुझाव दिएका हुन् । 

‘व्यवस्था परिवर्तनका नाममा गरिएका आपराधिक गतिविधिको जिम्मेवारी सम्बन्धित पक्षले लिनै पर्छ,’ उनले फेसबुकमार्फत् भनेका छन्, ‘सरकारले नागरिकको धनजनको सुरक्षाकाका लागि थप सतर्कता साथै रणनीतिक योजना बनाउनुपर्दछ ।’

लोकतन्त्रमा आफूले चाहेको राजनीतिक प्रणालीका पक्षमा मत वा समर्थन माग्न र मन नपरेको प्रणालीका विरुद्ध शान्तिपूर्ण विरोध प्रदर्शन गर्नु स्वाभाविक मानिने विश्वकर्माको भनाइ छ । 

उनले भनेका छन्, ‘तर, आज राजावादीको नाम र अराजकतावादीको नेतृत्वमा काठमाडौंको तीनकुनेमा भएको निजी सम्पत्तिमा आगजनी, तोडफोड र हिंसात्मक आक्रमणका तथा आगो निभाउन गएको दमकललाई समेत तोडफोड र अवरोध गरेका घटना निन्दनीय र भत्सर्नायोग्य छन् । यसले ज्ञानेन्द्र शाहको नियत, उद्देश्य र प्रवृति आजै उदाङ्गो भएको छ ।’

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ५ : ३० बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा