काठमाडौं मेडिकल कलेजले घाइते भएका राजावादीको निःशुल्क उपचार गर्ने | Khabarhub Khabarhub

काठमाडौं मेडिकल कलेजले घाइते भएका राजावादीको निःशुल्क उपचार गर्ने


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद सुनिल शर्माले राजसंस्था पुनर्स्थापनाको माग गर्दै आयोजित आन्दोलनमा घाइते भएका राजावादीको निःशुल्क उपचार गर्ने भएका छन् ।

सांसद शर्माले सञ्चालन गर्दै आएको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडले शुक्रबार तीनकुनेमा आयोजित प्रदर्शनका क्रममा घाइते भएका राजावादीको निःशुल्क उपचार गर्ने भएको हो ।

अस्पतालले विज्ञप्ति जारी गरेर आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत घाइतेको निःशुल्क उपचार गर्ने जनाएको छ । 

कांग्रेस सांसद शर्मा र राजावादीका ‘कमान्डर’ दुर्गा प्रसाईं नजिकका साथी मानिन्छन् । प्रसाईंको नेतृत्वमा निस्किएका राजावादीले तीनकुनेमा गरेको प्रदर्शन अराजक बनेको थियो । 

उनीहरूले तीनकुनेस्थित अन्नपूर्ण पोस्ट दैनिक र एक निजी भवन र नजिकै पर्ने आलोगनगरस्थित नेकपा एकीकृत समाजवादीको मुख्यालयमा आगजनी गरेका थिए ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ६ : १२ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग