काठमाडौं मेडिकल कलेजले घाइते भएका राजावादीको निःशुल्क उपचार गर्ने « Khabarhub

काठमाडौं मेडिकल कलेजले घाइते भएका राजावादीको निःशुल्क उपचार गर्ने


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद सुनिल शर्माले राजसंस्था पुनर्स्थापनाको माग गर्दै आयोजित आन्दोलनमा घाइते भएका राजावादीको निःशुल्क उपचार गर्ने भएका छन् ।

सांसद शर्माले सञ्चालन गर्दै आएको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडले शुक्रबार तीनकुनेमा आयोजित प्रदर्शनका क्रममा घाइते भएका राजावादीको निःशुल्क उपचार गर्ने भएको हो ।

अस्पतालले विज्ञप्ति जारी गरेर आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत घाइतेको निःशुल्क उपचार गर्ने जनाएको छ । 

कांग्रेस सांसद शर्मा र राजावादीका ‘कमान्डर’ दुर्गा प्रसाईं नजिकका साथी मानिन्छन् । प्रसाईंको नेतृत्वमा निस्किएका राजावादीले तीनकुनेमा गरेको प्रदर्शन अराजक बनेको थियो । 

उनीहरूले तीनकुनेस्थित अन्नपूर्ण पोस्ट दैनिक र एक निजी भवन र नजिकै पर्ने आलोगनगरस्थित नेकपा एकीकृत समाजवादीको मुख्यालयमा आगजनी गरेका थिए ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ६ : १२ बजे

पाठ्यक्रम पुनरावलोकनका मुद्दा : व्यावहारिक सीप, प्रविधि र जलवायु परिवर्तनदेखि विपद् व्यवस्थापनसम्म

काठमाडौं– बदलिँदो सामाजिक, आर्थिक र प्रविधिगत परिवेशअनुकूल पाठ्यक्रममा परिवर्तनका लागि

थुनिएको मर्स्याङ्दी नदीमा पानी बग्न थाल्यो

मनाङ– अविरल वर्षापछि स्थानीय घट्टेखोलामा आएको लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवा

पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै ऐतिहासिक कोटगढी

भोजपुर– भोजपुरको पौवादुङ गाउँपालिकामा रहेको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको

अर्थमन्त्री वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता

काठमाडौँ– एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ

पहिरोबाट उद्धार गरिएका भन्छन्– ‘नयाँ जीवन पायौँ’

म्याग्दी– पहिरोमा फसिएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ गिवाङका ५७ वर्षीय प्रेमबहादुर