राजावादी प्रदर्शनमा घाइते भएका २९ वर्षीय महर्जनको मृत्यु « Khabarhub

राजावादी प्रदर्शनमा घाइते भएका २९ वर्षीय महर्जनको मृत्यु


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


801
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको आह्वानमा भएको आन्दोलनमा एक जनाको मृत्यु भएको छ । 

गृह मन्त्रालयले शुक्रबार बेलुकी पत्रकार सम्मेलन गरेर तीनकुनेमा भएको राजावादीको आन्दोलनमा सहभागी काठमाडौंको कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको जनाएको हो । 

तीनकुनेमा कार्यक्रमको आयोजना गरेर बोलाइएका राजावादी समर्थकका साथमा ‘कमान्डर’ दुर्गा प्रसाईं निषेधाज्ञा तोड्दै नयाँ बानेश्वरतर्फ अघि बढ्न थालेपछि प्रहरीले बल प्रयोग गरेको थियो । 

प्रहरीले बल प्रयोगका क्रममा दर्जनौँ सेल अश्रुग्यास प्रहार गरेको थियो । राजावादीका तर्फबाट प्रहरीमाथि ढुंगामुढा भएको थियो । उनीहरूले निजी घर, सञ्चारगृह र दलको कार्यालयमा आगजनीसमेत गरेका थिए ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ६ : १८ बजे

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको