राजा जोगाउन किनेको अश्रुग्यास राजावादीमाथि नै हानियो « Khabarhub

राजा जोगाउन किनेको अश्रुग्यास राजावादीमाथि नै हानियो


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीले तत्कालीन राजा ज्ञानेन्द्र शाहको राजकाज जोगाउन खरिद भएको अश्रुग्यास राजावादीमाथि नै प्रहार गरेको भेट्टिएको छ ।

राजसंस्था पुनस्थापनाका लागि शुक्रबार काठमाडौंमा भएको प्रदर्शन अराजक बनेपछि नियन्त्रणमा लिनका लागि प्रहरीले प्रयोग गरेको अश्रुग्यास ज्ञानेन्द्र शाहले आफ्नो प्रत्यक्ष शासनकालमा खरिद गरेको पाइएको छ ।

प्रहरीले तीनकुनेमा हिंसात्मक बनेको राजावादीको प्रदर्शन नियन्त्रणमा लिन सन् २००८ मै म्याद समाप्त (डेट एक्सपायर) भएको अश्रुग्यास प्रहार गरेको हो ।

खबरहबलाई प्राप्त अश्रुग्यासको प्रयोग भइसकेको बट्टामा अश्रुग्यासको म्याद सन् २००८ फुब्रुअरीमा समाप्त भएको उल्लेख छ । अर्थात् प्रहरीले प्रयोग गरेको उक्त अश्रुग्यासको म्याद २०६४ फागुन १९ अगावै समाप्त भएको हो ।


नेपाल प्रहरीले बेलाबेला आफूलाई अश्रुग्यासको अभाव रहेको बताउँदै आएको छ । हुलदंगा नियन्त्रणका लागि अति आवश्यक मानिने अश्रुगयास खरिदमा सरकारले ध्यान नदिने गरेको तीनकुनेको अश्रुग्यासको प्रयोगले देखाएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ६ : ५६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै