तीनकुनेसहितका क्षेत्रमा भएका आपराधिक क्रियाकलापमा संलग्नलाई कारबाहीको माग « Khabarhub

तीनकुनेसहितका क्षेत्रमा भएका आपराधिक क्रियाकलापमा संलग्नलाई कारबाहीको माग


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाजवादी मोर्चा नेपालले तीनकुनेसहित आसपासका क्षेत्रमा भएका आपराधिक क्रियाकलापमा संलग्नलाई कानुनी दायरमा ल्याएर कारबाही गर्न माग गरेको छ । 

प्रदर्शनीमार्गमा शुक्रबार आयोजना भएको जनसभापछि विज्ञप्ति जारी गरेर मोर्चाले आपराधिक र आततायी तत्त्वलाई यथाशीघ्र कानुनी दायरामा ल्याएर कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गरेको हो ।

राजावादी समूहले शुक्रबार तीनकुने क्षेत्रमा गरेको उच्छृङ्खल र अराजक कार्यप्रति निन्दा गर्दै मोर्चाले भनेको छ, ‘यस कार्यमा संलग्न आपराधिक र आततायी तत्त्वलाई यथाशीघ्र कानुनी दायरामा ल्याइ कडा भन्दा कडा कारबाही गर्न सरकारसँग माग गर्दछौँ । राजनीतिक दलको कार्यालय र नागरिकको जनधनको सुरक्षा गर्न हामी सरकारसँग जोडदार माग गर्दछौँ ।’

मोर्चाले गणतन्त्रको सम्बन्धन र राष्ट्रिय स्वाधीनताको संरक्षणका लागि आयोजित वृहत् जनसभा पचासौँ हजार जनताको सहभागितामा भव्यतापूर्वक सम्पन्न भएको पनि जनाएको छ । 

‘जनताको यो शालीन, सक्रिय र उत्साहपूर्ण सहभागितालाई समाजवादी मोर्चा नेपाल हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ६ : ५१ बजे

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो

एजेन्सी – ऊर्जा मूल्यमा आएको गिरावट र खाद्य पदार्थको मूल्य

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,