तीनकुनेसहितका क्षेत्रमा भएका आपराधिक क्रियाकलापमा संलग्नलाई कारबाहीको माग « Khabarhub

तीनकुनेसहितका क्षेत्रमा भएका आपराधिक क्रियाकलापमा संलग्नलाई कारबाहीको माग


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाजवादी मोर्चा नेपालले तीनकुनेसहित आसपासका क्षेत्रमा भएका आपराधिक क्रियाकलापमा संलग्नलाई कानुनी दायरमा ल्याएर कारबाही गर्न माग गरेको छ । 

प्रदर्शनीमार्गमा शुक्रबार आयोजना भएको जनसभापछि विज्ञप्ति जारी गरेर मोर्चाले आपराधिक र आततायी तत्त्वलाई यथाशीघ्र कानुनी दायरामा ल्याएर कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गरेको हो ।

राजावादी समूहले शुक्रबार तीनकुने क्षेत्रमा गरेको उच्छृङ्खल र अराजक कार्यप्रति निन्दा गर्दै मोर्चाले भनेको छ, ‘यस कार्यमा संलग्न आपराधिक र आततायी तत्त्वलाई यथाशीघ्र कानुनी दायरामा ल्याइ कडा भन्दा कडा कारबाही गर्न सरकारसँग माग गर्दछौँ । राजनीतिक दलको कार्यालय र नागरिकको जनधनको सुरक्षा गर्न हामी सरकारसँग जोडदार माग गर्दछौँ ।’

मोर्चाले गणतन्त्रको सम्बन्धन र राष्ट्रिय स्वाधीनताको संरक्षणका लागि आयोजित वृहत् जनसभा पचासौँ हजार जनताको सहभागितामा भव्यतापूर्वक सम्पन्न भएको पनि जनाएको छ । 

‘जनताको यो शालीन, सक्रिय र उत्साहपूर्ण सहभागितालाई समाजवादी मोर्चा नेपाल हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ६ : ५१ बजे

सन्तानको चाहना, दाम्पत्य जीवनको संघर्ष र हाँसो-ठट्टा : यस्तो छ ‘छ माया छपक्कै २’ को ट्रेलर

काठमाडौं- नेपाली फिल्म ‘छ माया छपक्कै २’ ले दर्शकमाझ हाँसो

प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने

काठमाडौं– स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं– आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको

सत्तापक्षकै सांसदले भने- दुई तिहाइको बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अमरेशकुमार सिंहले दुई