आगामी बजेट उत्कृष्ट बनाउन सबैको सहकार्य आवश्यक छ : खानेपानीमन्त्री | Khabarhub Khabarhub

आगामी बजेट उत्कृष्ट बनाउन सबैको सहकार्य आवश्यक छ : खानेपानीमन्त्री


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटलाई प्रभावकारी बनाउन सबैको सहकार्य र समन्वय आवश्यक पर्ने बताएका छन् ।

आज सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा मातहतका निकायसँग ‘चालु आर्थिक वर्षको पुँजीगत खर्च र आगामी आवको बजेट तथा कार्यक्रम तर्जुमा’ सम्बन्धी बैठकमा उनले बजेट प्रभावकारी बनाउन आवश्यकता अनुसार समन्वय गर्न मातहतका निकायलाई आग्रह गरे ।

मन्त्री यादवले भने, ‘स्थानीय तहबाट प्राप्त सुझावलाई ग्रहण गरौँ, योजना तथा कार्यक्रमलाई उत्कृष्ट बनाउन ठोस योजना अघि सारौँ ।’

आगामी आवका लागि मन्त्रालयले अघि सारेका नीति तथा कार्यक्रम एवं बजेट तर्जुमा र प्राथमिकताका विषयमा स्थानीय सरकार, खानेपानी उपभोक्ता महासङ्घलगायत निकायको महत्त्वपूर्ण भूमिका रहनेमा उनले जोड दिए । 
 
मन्त्री यादवले उपभोक्ता, महासङ्घलगायत सरोकार भएकाको सुझावका आधारमा मन्त्रालयले आगामी आवको कार्यक्रम र प्राथमिकता तय गर्ने जानकारी दिए । उनले भने, ‘तराई-मधेसका २२ जिल्लामा खानेपानीको समस्या हुँदै आएको छ, त्यसको दीर्घकालीन समाधान खोज्न आवश्यक छ ।’

मन्त्री यादवले पछिल्लो समय पहाडी र हिमाली जिल्लामा खानेपानीको समस्या देखिएकाले नागरिकलाई स्वच्छ र सुरक्षित खानेपानीका लागि योजना बनाउनुपर्ने बताए ।  

‘हामीले विशेष टोली गठन गरेर मेहनतका साथ योजना बनाउनुपर्दछ’, उनले भने, ‘उपभोक्ता, खानेपानी महासङ्घलगायत सरोकार भएकासँग छलफल गरी सुझाव र सल्लाह लिनु जरुरी छ । खानेपानीको समस्या समाधान हुनेगरी योजना बनाऔँ ।’

मन्त्री यादवले बजेटको सिलिङ घटेको बताउँदै विनियोजन भएको बजेट खर्च नहुनु दुःखद विषय भएको उल्लेख गरे । उनले भने, ‘बजेटको सिलिङ घट्यो भन्दै हामी दुःख मनाउँदैछौँ, तर विनियोजन भएको बजेट खर्च गर्न नसक्नुको कारण के हो ? कुनकुन पक्ष जिम्मेवार हो, यी विषयमा छलफल गरी आगामी वर्ष प्रभावकारी कार्यान्वयनमा जोड दिनु जरुरी छ ।’

मन्त्रालयका सचिव इन्जिनियर प्रमिलादेवी शाक्य बज्राचार्यले खानेपानी नपुगेका ठाउँमा पानी पुर्‍याउनु मन्त्रालयको पहिलो आवश्यकता र प्राथमिकता रहेको बताइन् । उनले भनिन्, ‘पानी नपुगेका ठाउँमा पानी पुर्‍याउन र निर्माण सम्पन्न भएका आयोजनामा पानी प्रशोधन गर्न आवश्यक छ । त्यसतर्फ हामीले ध्यान केन्द्रित गर्नुपर्छ ।’

कार्यक्रममा मन्त्रालयका सहसचिवद्धय रामबाबु पुरी, रमाकान्त दुवाडी, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इन्जिनियर रामकुमार श्रेष्ठ, उपमहानिर्देशक रामचन्द्र काफ्लेलगायत विभिन्न महाशाखा प्रमुखहरूको सहभागिता थियो ।
 

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ७ : १६ बजे

संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको

आईपीएल : मुम्बई इन्डियन्सकाे पहिलो जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा मुम्बई इन्डियन्सले

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा नियमित अन्तरराष्ट्रिय उडान सुरु

कास्की – सञ्चालनमा आएको दुई वर्ष पछि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा

अष्ट्रेलिया नेपाली कम्युनिटीको ‘अर्बन’ अध्यक्षमा श्रेष्ठ निर्वाचित

काठमाडौं – अष्ट्रेलिया नेपाली कम्युनिटी (अर्बन) को अध्यक्षमा अरूणचन्द्र श्रेष्ठ

राजसंस्था र राजनीतिक दल एकै ठाउँमा अटाउने मिलन बिन्दु पहिल्याउनुपर्छ : पूर्वप्रधानमन्त्री चन्द

काठमाडौं – पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले राजसंस्था, राजनीतिक दलहरु र