आगामी बजेट उत्कृष्ट बनाउन सबैको सहकार्य आवश्यक छ : खानेपानीमन्त्री « Khabarhub

आगामी बजेट उत्कृष्ट बनाउन सबैको सहकार्य आवश्यक छ : खानेपानीमन्त्री


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटलाई प्रभावकारी बनाउन सबैको सहकार्य र समन्वय आवश्यक पर्ने बताएका छन् ।

आज सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा मातहतका निकायसँग ‘चालु आर्थिक वर्षको पुँजीगत खर्च र आगामी आवको बजेट तथा कार्यक्रम तर्जुमा’ सम्बन्धी बैठकमा उनले बजेट प्रभावकारी बनाउन आवश्यकता अनुसार समन्वय गर्न मातहतका निकायलाई आग्रह गरे ।

मन्त्री यादवले भने, ‘स्थानीय तहबाट प्राप्त सुझावलाई ग्रहण गरौँ, योजना तथा कार्यक्रमलाई उत्कृष्ट बनाउन ठोस योजना अघि सारौँ ।’

आगामी आवका लागि मन्त्रालयले अघि सारेका नीति तथा कार्यक्रम एवं बजेट तर्जुमा र प्राथमिकताका विषयमा स्थानीय सरकार, खानेपानी उपभोक्ता महासङ्घलगायत निकायको महत्त्वपूर्ण भूमिका रहनेमा उनले जोड दिए । 
 
मन्त्री यादवले उपभोक्ता, महासङ्घलगायत सरोकार भएकाको सुझावका आधारमा मन्त्रालयले आगामी आवको कार्यक्रम र प्राथमिकता तय गर्ने जानकारी दिए । उनले भने, ‘तराई-मधेसका २२ जिल्लामा खानेपानीको समस्या हुँदै आएको छ, त्यसको दीर्घकालीन समाधान खोज्न आवश्यक छ ।’

मन्त्री यादवले पछिल्लो समय पहाडी र हिमाली जिल्लामा खानेपानीको समस्या देखिएकाले नागरिकलाई स्वच्छ र सुरक्षित खानेपानीका लागि योजना बनाउनुपर्ने बताए ।  

‘हामीले विशेष टोली गठन गरेर मेहनतका साथ योजना बनाउनुपर्दछ’, उनले भने, ‘उपभोक्ता, खानेपानी महासङ्घलगायत सरोकार भएकासँग छलफल गरी सुझाव र सल्लाह लिनु जरुरी छ । खानेपानीको समस्या समाधान हुनेगरी योजना बनाऔँ ।’

मन्त्री यादवले बजेटको सिलिङ घटेको बताउँदै विनियोजन भएको बजेट खर्च नहुनु दुःखद विषय भएको उल्लेख गरे । उनले भने, ‘बजेटको सिलिङ घट्यो भन्दै हामी दुःख मनाउँदैछौँ, तर विनियोजन भएको बजेट खर्च गर्न नसक्नुको कारण के हो ? कुनकुन पक्ष जिम्मेवार हो, यी विषयमा छलफल गरी आगामी वर्ष प्रभावकारी कार्यान्वयनमा जोड दिनु जरुरी छ ।’

मन्त्रालयका सचिव इन्जिनियर प्रमिलादेवी शाक्य बज्राचार्यले खानेपानी नपुगेका ठाउँमा पानी पुर्‍याउनु मन्त्रालयको पहिलो आवश्यकता र प्राथमिकता रहेको बताइन् । उनले भनिन्, ‘पानी नपुगेका ठाउँमा पानी पुर्‍याउन र निर्माण सम्पन्न भएका आयोजनामा पानी प्रशोधन गर्न आवश्यक छ । त्यसतर्फ हामीले ध्यान केन्द्रित गर्नुपर्छ ।’

कार्यक्रममा मन्त्रालयका सहसचिवद्धय रामबाबु पुरी, रमाकान्त दुवाडी, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इन्जिनियर रामकुमार श्रेष्ठ, उपमहानिर्देशक रामचन्द्र काफ्लेलगायत विभिन्न महाशाखा प्रमुखहरूको सहभागिता थियो ।
 

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ७ : १६ बजे

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको