नेपाल टेलिकमले गुनासा नआउने गरी सेवा प्रवाह गर्नुपर्छ : मुख्यमन्त्री कार्की « Khabarhub

नेपाल टेलिकमले गुनासा नआउने गरी सेवा प्रवाह गर्नुपर्छ : मुख्यमन्त्री कार्की


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल टेलिकमले जनताको गुनासा नआउने गरी गुणस्तरीय सेवा प्रवाह गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठन कोशी प्रदेश समितिको १२औँ प्रदेश अधिवेशनको आज उद्घाटन गर्दै उनले टेलिकमलाई स्तरोन्नति, विश्वसनीय र प्रतिस्पर्धी बनाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

मुख्यमन्त्रीले भने, ‘टेलिकमसहित मुलुकका अन्य सार्वजनिक संस्था बलियो, गुणस्तरीय सेवा दिने र सक्षम भएमा राष्ट्रले समृद्धि हासिल गर्नेछ ।’ 

उनले आगामी वैशाख १ गतेदेखि प्रदेश सरकारले मनाउने ‘पर्यटन भ्रमण वर्ष’को अवधिभर टेलिकमले आफ्नो ‘रिङटोन’मार्फत प्रदेशभरिका पर्यटकीयस्थलको जानकारी दिँदै विदेशी पर्यटकलाई अस्थायी सिम वितरण गरी सहयोग गर्न आग्रह गरे ।

मुख्यमन्त्री कार्कीले प्रदेशका पर्यटकीय क्षेत्रको संरक्षण र प्रवर्द्धन गर्दै विकास र रोजगारीका अवसर सृजना गर्न सकिने धारणा राख्दै यसका लागि प्रदेश लगानी सम्मेलनको आवश्यक प्रचारप्रसार गर्न सबैलाई आग्रह गरे ।
 
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशीका अध्यक्ष घनश्याम खतिवडा र नेता विनोद ढकालले टेलिकमले कर्मचारीको हकहित र जनतालाई गुणस्तरीय सेवा प्रदान गर्नुपर्ने सुझाव दिए ।

सङ्गठनका प्रदेश अध्यक्ष सुमित ओझा, केन्द्रीय उपमहासचिव गोविन्द ढुङ्गानाले अधिवेशनले विगत कार्यको समीक्षा तथा आगामी दिनमा गर्नुपर्ने कार्यदिशा अवलम्बन गर्ने बताए । मुख्यमन्त्री कार्कीले सोही अवसरमा सेवानिवृत्त कर्मचारीलाई सम्मान गरेका थिए  ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ७ : २७ बजे

बूढीगण्डकी बाढी : प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

गोरखा– बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य १,१०० रुपैयाँ र चाँदीको

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला