समाजवादी मोर्चाले भन्यो- राजवादीको अराजकता सरकारले नियन्त्रण गरोस् « Khabarhub

समाजवादी मोर्चाले भन्यो- राजवादीको अराजकता सरकारले नियन्त्रण गरोस्


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – समाजवादी मोर्चा नेपालले राजावादीहरूको प्रदर्शनका नाममा सार्वजनिक तथा निजी सम्पत्तिमाथि आक्रमण गर्ने आपराधिक तत्वलाई यथाशीघ्र कारबाही गर्न सरकारसँग माग गरेको छ ।

मोर्चाले शुक्रबार विज्ञप्ति जारी गर्दै राजनीतिक दलको कार्यालय र नागरिकको जनधनको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

मोर्चाले यस प्रकारका अराजककार्यको भर्त्सना र निन्दा गरेको छ । मोर्चाले राजावादीको गतिविधिलाई अराजकताको संज्ञा दिएको छ ।

शुक्रबार राजावादी र गणतन्त्र पक्षधरहरूको प्रदर्शन थियो । प्रदर्शनका क्रममा राजावादीबाट उच्छृङ्खल गतिविधि भएको भन्दै समाजवादी मोर्चाले विज्ञप्ति निकालेर राजावादीको गतिविधिलाई अराजकताको संज्ञा दिएको हो ।

राजधानीमा आयोजित जनप्रदर्शनबाट अत्तालिएका यथास्थितिवादी तत्वले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय, काठमाडौँ जिल्ला कार्यालय, अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजको निजी निवास, निजी तथा सार्वजनिक सम्पत्ति र सञ्चार गृहमा तोडफोड तथा आगजनी गरेको मोर्चाले जनाएको छ ।

मोर्चाले प्रतिगामी षड्यन्त्रविरुद्ध तथा गणतन्त्रको सम्वर्द्धन र राष्ट्रिय स्वाधिनताको संरक्षणका लागि आज आयोजित जनप्रदर्शनमा उल्लेख्य नागरिकको सहभागिताका लागि आभार प्रकट गरेको छ ।

मोर्चामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल कम्युनिष्ट पार्टी र नेपाल समाजवादी पार्टी आबद्ध छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ७ : ५४ बजे

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय