समाजवादी प्रेस संगठनद्वारा पत्रकार सुरक्षाको प्रबन्ध गर्न माग « Khabarhub

समाजवादी प्रेस संगठनद्वारा पत्रकार सुरक्षाको प्रबन्ध गर्न माग


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – समाजवादी प्रेस संगठनले पत्रकार सुरक्षाको प्रभावकारी प्रबन्ध गर्न माग गरेको छ । संगठनले एक विज्ञप्ती जारी गर्दै शान्तिपूर्ण प्रदर्शनका नाममा विभिन्न सञ्चारगृह, सर्वसाधारण नागरिकका घर, व्यवसायिक भवन, राजनीतिक दलका कार्यालय, सरकारी भवनमा गरिएको आगजनी, आक्रमण, लुटपाटको पनि निन्दा गरेको छ ।

संगठनका महासचिव रोहित दाहालले हस्ताक्षर गरेको विज्ञप्तीमा अराजक र उद्दण्ड समूहले समाचार संम्प्रेषणका लागि फिल्डमा खटिएका कतिपय पत्रकारलाई आक्रमण गरी घाइते बनाएको उल्लेख गरिएको छ ।

तीनकुनेमा नागरिकको घरमा गरेको आगजनीमा परी रिपोर्टिङको क्रममा एभिन्यूज टेलिभिजनमा कार्यरत फोटो पत्रकार सुरेज रजकको निधन भएको घटनामा सिङ्गो संगठन मर्माहत भएको संगठनले बताएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रका मूल्य मान्यता विपरित कुनै पनि हर्कत हाम्रो संगठनलाई सह्य हुने छैन । यस्ता हर्कत गर्ने जोकोहीलाई पनि कडाभन्दा कडा कारवाही गर्न र पत्रकारको सुरक्षाका लागि प्रभावकारी प्रबन्ध गर्न हाम्रो संगठन सरकारसँग जोडदार माग गर्दछ ।’

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ९ : १३ बजे

बूढीगण्डकी बाढी : प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

गोरखा– बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य १,१०० रुपैयाँ र चाँदीको

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला