नेपाली क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा स्टुअर्ट ल « Khabarhub

नेपाली क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा स्टुअर्ट ल


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा चर्चित अस्ट्रेलियन क्रिकेटर स्टुअर्ट ल नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघले शुक्रबार एक विज्ञप्ति निकाल्दै यसबारे जानकारी दिएको हो । क्यानले स्टुअर्ट ललाई आगामी दुई वर्षको लागि नेपाली क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गरेको जनाएको छ।

क्यानका अनुसार, प्रमुख प्रशिक्षक पदका लागि विश्वभरबाट ७० जनाले आवेदन दिएका थिए। ती आवेदनहरू मध्येबाट उत्कृष्ट १० जनाको नाम सर्टलिस्ट गरिएको थियो । क्यानले ती १० जनामध्येबाट अन्तर्वार्ता लिई स्टुअर्टलाई छनोट गरेको हो।

नयाँ प्रशिक्षकको छनोट प्रक्रियामा अघिल्लो कार्यकालका केही प्रशिक्षकहरूले समेत पुनस् आवेदन दिएका थिए । मोन्टी देसाई बिदा भएपछि अब नेपाली टोली सम्हाल्न चर्चित अस्ट्रेलियन क्रिकेटर आउने भएका हुन् ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  १० : २२ बजे

नेकपाले युवा नेता अशेषलाई दियो झापा १ मा प्रतिनिधि सभाको टिकट

झापा- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले झापा क्षेत्र

कांग्रेसमा फुटसँगै पूर्वमन्त्री कनौडिया एमालेतिर, ओलीले दिए प्रतिनिधि सभाको टिकट

काठमाडौं- नेपाली कांग्रेसका नेता वीरेन्द्रकुमार कनौडिया शनिबार नेकपा एमालेमा प्रवेश

विश्वप्रकाश शर्मा उम्मेदवार नबन्ने भएपछि झापा-१ मा नयाँ नाम सिफारिस

झापा– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

मेयर बालेन र उपमेयर सुनिताले गरे वडा प्रशासनिक भवनको शिलान्यास

काठमाडौं– काठमाडौं महानगरपालिकाको वडा नम्बर ३२ को वडा प्रशासकीय भवनको

यी हुन् नेकपाले सुदूरपश्चिमबाट मैदानमा उतार्न लागेका उम्मेदवार

धनगढी– पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले धमाधम उम्मेदवार