राप्रपा नेता रवीन्द्र मिश्र र धवल शमशेर राणा पक्राउ « Khabarhub

राप्रपा नेता रवीन्द्र मिश्र र धवल शमशेर राणा पक्राउ


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शम्शेर जबरा पक्राउ परेका छन् ।

आन्दोलनका नाममा अराजक गतिविधि गरेको आरोपमा उनीहरुलाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको हो । केएमसी अस्पतालबाट घाइते भेटेर फर्कने क्रममा उनीहरुलाई पक्राउ गरिएको बताइएको छ ।

यस्तै आन्दोलनका ‘जनकमान्डर’ दुर्गा प्रसाईंलाई प्रहरी खोजी गरिरहेको छ । तर पक्राउ पर्ने सुचना पाए लगत्तै प्रसाईं मुबाइल अफ गरेर सम्पर्कविहीन भएका छन् ।

शुक्राबार राजावादीलेहरुले शान्तिपूर्ण प्रदर्शन गर्ने भनेपनि आन्दोलन हिसात्मक बनेको थियो । आन्दोलनमा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो । भने दर्जन बढी प्रहरी र प्रदर्शनकारी घाइते भएको थिए ।

प्रदर्शनकारीहरुले विभिन्न स्थानमा तोडफोड गर्नुका साथै लुटपाट र आगजनी समेत गरेका थिए । राजावादीहरु अराजक बनेपछि काठमाडौंका तीनकुने आसपासको क्षेत्रमा शनिबार बिहान सात बजेसम्म कर्फ्य जारी गरिएको छ ।

याे पनि…

तीनकुनेको तमासा : ज्ञानेन्द्र शाह, नवराज सुवेदी र दुर्गा प्रसाईसँग जवाफ छ ?

तीनकुने क्षेत्रको कर्फ्यु भोलि बिहान सात बजेसम्मका लागि लम्बियो

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  १० : ४९ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान